तृप्ती फ़ाउण्डेशन अस्ट्रेलियाबाट दीपशिखा मा. वि. कुहूँ म्याग्दी लाई शैक्षिक सामग्री हस्तान्तरण


मंगला गाउँपालिका -१,कुहूँ स्थायी घर भै अस्ट्रेलिया आफ्नो कर्म थलो बनाउनु भएका मोना अस्ट्रेलियाका सल्लाहकार, मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका महासचिव, देश विदेशका सामाजिक तथा मानवीय क्रियाकलापहरुमा निकै सक्रिय आदरणीय व्यक्तित्व हरि राम्जाली र हिमा राम्जालीकी सुपुत्री तृप्ति राम्जालीको सामाजिक रीतिरिवाज अनुसार गुन्युचोली कार्यक्रमको शिलशिलामा आफ्नो जन्मभूमिमा पाल्नु भएको सु अवसरमा स्थानीय विद्यालय श्री दीपशिखा मा.वि. र स्थानीय मालिका बालविकास केन्द्र कुहूँ मा अध्ययनरत बालविकास देखि कक्षा ३ सम्मका बालबालिकाहरुलाई कपि कलम, पेन्सिल, साबुन सहित १/१ थान झोला र पानीको जार सहित पानी तातो चिसो बनाउने मेसिन (water Dispenser) गरि रु ५०,०००| (अक्षरुपी पचास हजार ) सहयोग प्रदान गर्नुभएको छ । उहाँले विगतमा पनि तृप्ति फाउन्डेसन मार्फत नगद रु १,५०,०००|( एक लाख पचास हजार ) र ५ वटा Laptop प्रदान गर्नुभएको थियो ।



यसरी विद्यालयलाई विभिन्न तरिकाले सहयोग गर्नुभएकोमा विद्यालय परिवार र प्र.अ बाट धन्यवाद ब्यक्त गर्नु भयो साथै परिवारहरुको उत्तरोत्तर प्रगतिको कामना साथै सहरानिया कार्यको प्रशंसनीय र उच्च मूल्यांकन गर्दछौं ।




कार्यक्रममा सहभागी मंगला गाउँपालिका -१ का वार्ड अध्यक्ष क्या डेकबहादुर राम्जाली, समाजसेवीहरु पूर्णमाया शेरपुन्जा, रुकबहादुर राम्जाली, भेषमाया रामजाली, र देउराली युवा क्लब कुहूँ का सस्थापक अध्क्षय रुपेश रामजाली मागको उपस्थिती थियो।कार्यक्रममा उपस्थिती सम्पूर्ण अबिभाबक बिधार्थी शिक्षक शिक्षिकाहरुमा फाउन्डेसन का अध्क्षय हरि राम्जाली बाट धन्यबाद ब्यक्त गर्नु भयो । साथै बिधालय ब्यबस्थापनका अध्क्षय तुल बहादुर पुन बाट विद्यालयका तर्फबाट विशेष धन्यवाद दिनु भयो । तृप्ति नानीलाई समुज्वल भविस्यको कामना गर्दछौ



🙏🙏🙏🙏
बिधालयका प्राध्यापक डा. Nandbdr Khatri




Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |