नफलेको बोट (फुटकर कविता)

 नफलेको बोट (फुटकर कविता)


लाग्छ मलाई जीवन
विरहको भाका गाउने न्याउली जस्तो
नफूली ओइलिएको प्याउली जस्तो
किनकी
फल नभएको बोट भएको छु
नोटले दिएको चोट सहेको छु ।
यहाँ
आँखा सबैका फलेका बोटमा हुन्छन
आफन्त केवल अमूल्य नोटमा हुन्छन् ।
आफ्नो भनू कसलाई यहाँ,
आफन्त किन्ने नोट छैन मसँग ।
के छर दिउँ आफ्नालाई आफ्नै बनाउन
जहाँ,
आफन्तलाई किन्ने नोट छैन
छ केवल जीवनका चोटै चोटका
किस्सा मात्र!
रगतका नाता हुन् वा भावनाका
प्यारो लाग्छ मलाई चोट पनि आफन्तका
तर आफ्नो यहाँ कसलाई भनूँ
जो मलाई आफन्त ठान्दैनन्
नोट नभएको मलाई
आफन्तले नै आफन्त गन्दैनन् ।
रित्तो छ गोजी
रित्तो गोजीले
आफ्नोपन खोजी
कहाँ सम्भव रहेछ र ?
लाग्छ मलाई
मदन त्यसै भोट गएनन्
नोटले दिएका चोट
हृदयले कत्ती पनि सहेनन ।
त्यसैले जानू छ साथी दूर
जहाँ,
हृदयका विन्दुहरु मिल्ने
आफन्तहरु भेटिनेछन

आफन्त आफन्तका
मनहरु मिल्नेछन ।

मनकुमार जुग्जाली
मंगला-१, भर्जुला, म्याग्दी
शिक्षक श्री थाइबाङ्ग आधारभूत विद्यालय
मंगला-१, थाइबाङ्ग, म्याग्दी
Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |