दीपशिखा मा. वि. कुहूँ एवंम् गणेश पोबिसरा स्मृति कोषको खेलकुद कार्यक्रम अन्तिम चरणमा

म्यादी को मंगला गाउँपालिका वडा नं-१ कुहूँ मा अबस्थित श्री दीपशिखा माध्यमिक विद्यालय कुहूँ को ६४ औँ वार्षिकोत्सब तथा ३२ औँ अभिभावक दिवस एवंम् गणेश पोबिसरा स्मृति कोषको सप्ताह खेलकुदका सम्पूर्ण कार्यक्रम समाप्त भएको छ। जस अन्तर्गत मंगला गाउँपालिका वडा नं १ र २ मा रहेका सेवा केन्द्र स्तरीय शिक्षकमैत्री भलिबल खेलमा सिद्ध शान्ति मा.वि. हिंदी प्रथम र दीपशिखा मा.वि. कुहूँ का शिक्षक द्धितिय भएका छन। गणेश पोविसरा स्मृति कोषबाट संचालित छात्रा/छात्र भलिबल खेलमा छात्रा तर्फ श्री दीपशिखा मा. बि. कुहूँ प्रथम र मंगला मा. बि. बाबियाचौर द्धितिय स्थान हासिल गरेका छन्। छात्र भलिबल तर्फ प्रथम र मंगला मा. बि. बाबियाचौर र दीपशिखा मा. बि. कुहूँ द्धितिय स्थान हासिल गरेका छन्। अभिभाबक मैत्री भलिबल खेलमा साबिक वडाका महिला तर्फ वडा न. ३ प्रथम र वडा -४ का खेलाडीहरुले द्धितिय स्थान हासिल गरेका छन् भने पुरुष भलिबल तर्फ वडा-३ का ख्नेलड़ी प्रथम र वडा-५ का खेलाडी द्धितिय स्थान भएका छन्।

भोलि बिधालय बाट पुरस्कार वितरण तथा गणेश पोबिसरा स्मृति कोषबाट संचालित जेहेन्दार, उत्कृष्ट नतिजा प्राप्त गर्ने बिधार्थी एबम शिक्षक र खेलाडीहरुलाई सम्मान गर्ने र सम्पूर्ण कार्यक्रम समापन हुने विधालय परिवार ले जनाएको छ ।




















 







Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |