मंगला गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ४९ करोडको बजेट ल्यायो


       म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि ४९ करोड बजेट ल्याएको छ ।  शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १८ औँ गाउँसभामा उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले चालुतर्फ रु २९ करोड ५४ लाख ३१ हजार ८ सय र पुुँजिगततर्फ रु १९ करोड ५५ लाख गरि कुल ४९ करोड ९ लाख ३१ हजार ८ सय रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।


       सामाजिक विकासतर्फ शिक्षामा सशर्त अनुदान सहित रु १७ करोड ७६ लाख ८५ हजार, स्वास्थ्यमा २ करोड ७८ लाख ९४ हजार, युवा तथा खेलकुदतर्फ ३३ लाख ५० हजार लगायत भाष तथा संस्कृति, लैगिंक समानता तथा सामाजिक समावेशिकरण, सामाजिक सुरक्षा तथा संरक्षण र खानेपानी तथा सरसफाई क्षेत्रमा गरि कुल २२ करोड २ लाख ६४ हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।त्यस्तै आर्थिक विकास अन्तर्गत कृषिमा ४२ लाख ७५ हजार, पशु विकासमा ३३ लाख ७२ हजार, उद्योग विकासमा २४ लाख र जलश्रोत तथा सिंचाईमा २३ लाख गरि कुल १ करोड २३ लाख ४७ हजार बजेट विनियोजन भएको छ । पूर्वाधार विकासतर्फ १६ करोड ६० लाख, कार्यालय संचालन तथा प्रशासनिक खर्चतर्फ ५ करोड, ८० लाख १० हजार र शुसासनतर्फ ३ करोड २५ लाख १० हजार बजेट विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष क्षेत्रीले बताउनुभयो ।


गाउँपालिकाको आन्तरिक आम्दानी, नेपाल सरकारको राजस्व बाँडफाँड, रोयल्टि, संघिय सरकारको सशर्त अनुदान, विशेष अनुदान, समपुरक अनुदान, संघिय समानीकरण अनुदान, प्रदेश सरकारको राजस्व बाँडफाँड, प्रदेश विशेष अुनदान, प्रदेश समपुरक र समानीकरण अनुदान बजेटको आम्दानीको रुपमा रहेका छन ।


यसअघि गाउँपालिका अध्यक्ष सत प्रसाद रोकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रम शिक्षा, स्वास्थ्य, यातायात, कृषि, खोनपानी, सुरक्षित आवास, दिगो तथा सुरक्षित पूर्वाधार निर्माण, रोजगारीको सृजना, पर्यटन प्रवर्धन, धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको संरक्षण तथा नागरिकको आवश्यकता अनुरुपका विकास, समृद्धि र सुशासनलाई केन्द्रीत अध्यक्ष रोकाले बताउनुभयो ।


प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद पौडेलले बजेटको कार्यान्वयन प्रक्रियालाई व्यवस्थित बनाईने बताउनुभयो । सुशासन कायम गर्दै जनमैत्री सेवा प्रवाहमा पालिका प्रतिवद्ध रहेको उहाँको भनाई थियो । गाउँसभाले अध्यक्ष रोकाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष क्षेत्रीले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रुपमा पारित गरेको छ ।

Share:

कुहूँ-भिरकटेरा हुदै सडक टोड्के पुग्यो, कुहूँबासीको सपना साकार



        म्याग्दीको मंगला गाउँपालिका–१ कुहूँ देखि भिरकटेरा हुदै पर्यटकीय स्थल टोड्के जोड्ने सडक निर्माण भएको छ ।

मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा समुन्द्रि सतहदेखि २ हजार ४३० मिटरको उचाईमा रहेको टोड्के जोड्ने यो चौथो सडक मार्ग हो । यसअघि मंगला गाउँपालिका–१ पूर्णगाउँ, बेनी नगरपालिका–१० वाखेत र रघुगंगा गाउँपालिका–५ झिँ हुदै टोड्केलाई सडक सञ्जालले जोडिएको थियो । मंगला गाउँपालिका–१ का वडा अध्यक्ष एकजित रोकाले कुहूँ देखि भिरकटेरा हुदै टोड्के जोड्ने ४ किलोमिटर सडकको मार्ग (ट्याक) निर्माण सकिएको जानकारी दिनुभयो ।


   “मंगला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा बिनियोजन गरेको रु. २२ लाख बजेटबाट भिरकटेरा देखि टोड्के सम्म सडकको ट्याक खोल्ने काम पुरा भएको छ,” उहाँले भन्नुभयो “सडकको घुम्ति सुधार गर्ने, ढल व्यवस्थापन गर्ने नाली र ढलानको काम केही दिनमै सम्पन्न गर्ने लक्ष्य सहित मजदुर परिचालन भएको छ ।


 यो सडकबाट कुहुँ, तुसारेपानी, हिदी, दुखु, थाईवाङ, सल्यान, भरजुला, झिँ, पाखापानी, कोटगाउँ, ठाडाखानीका बासिन्दाका साथै टोड्के जाने आउने पर्यटकलाई सुविधा पुगेको छ । कुहुँका अगुवा रविन पुनका अनुसार कुहुँ–भिरकटेरा–टोड्के सडक यसअघिको कुहुँ–पूर्णगाउँ–टोड्के जोड्ने सडकको तुलनामा २ किलोमिटर कम दुरीको छ । बस, जिप, मोटरसाइकल, ट्याक्टर आवत जावत गर्न मिल्ने गरि ७ मिटर फराकिलो सडक निर्माण गरिएको पुनले बताउनुभयो । यो सडक आयोजनाका लागि आगामी आर्थिक वर्षमा संघीय सरकारले रु. १ करोड बिनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।

टोड्के हिमशृङखला, सुर्योदय, गुरासे जंगल अवलोकन, स्वच्छ हावापानी र शान्त वातावरणमा रमाउने पर्यटकहरुको लागि आकर्षक गन्तब्यको रुपमा विकास भएको छ । टोड्केका अगुवा भिम शेरचनले कुहुँ हुदै टोड्के जोड्ने नयाँ सडक निर्माण भएपछि पर्यटक आगमन बृद्धि हुने अपेक्षा गरिएको बताउनुभयो ।


   पूर्णगाउँका बासिन्दा खगेन्द्र खत्रीले कुहुँ–पूर्णगाउँ–टोड्के सडक स्तरोन्नति गर्नु छाडेर ठूलो भूगोल र बस्तिलाई ओझेलमा पार्ने गरी नयाँ सडक निर्माण भएकोमा गुनासो गर्नुभयो । पूर्णगाउँका बासिन्दाले छुट्टै वडाको माग गरेर हालै गाउँपालिकामा निवेदन दिएका थिए । सडक निर्माणका क्रममा कुहुँ र पूर्णगाउँका बासिन्दाबीचको बिवाद वन डिभिजन कार्यालय सम्म पुगेको थियो ।

 यो सडक आयोजनाका लागि आगामी आर्थिक वर्षमा संघीय सरकारले रु. १ करोड बिनियोजन समेत गरिएको छ । यसअगाडी यसअघि मंगला गाउँपालिका–१ पूर्णगाउँ, बेनी नगरपालिका–१० वाखेत र रघुगंगा गाउँपालिका–५ झिँ हुदै टोड्केलाई सडक सञ्जालले जोडिएको थियो।यो सडक निर्माणको क्रममा पूर्णगाउँका बासिन्दाले पहिरोका कारण बस्तीमा असर गर्ने भन्दै विरोध गरेका थिए ।

पर्यटकीयस्थल टोड्केमास्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ । शिवालय स्वर्गद्वारी आश्रम, प्यूठानको शाखा हो । स्वर्गद्धारी, शिष्यहरू पूजारी महाराज र रखाल महाराज लगायतका सन्तको मूर्ति राखिएका मन्दिरभित्र रहेका शिवलिंग र महाप्रभुले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा हुन् । आश्रम परिसरमा गौशाला पनि रहेको छ । 


Share:

कुहूँ देखि टोड्के सिदा मोटरबाटो पुग्यो




बिगत चार वर्ष देखि कुहूँ र पुर्णगाउको बिबादमा रहेको कुहूँ देखि टोड्के जोड्ने मोटर बाटो हिजो जोडिएको छ। बिभिन्न आरोह र अबरोधका बीच कुहूँवासी को अथक प्रयास पछि मोटरबाटो पुग्न सफल भएको छ।यस बीचमा पनि बाटो खन्नमा अबरोध गर्न धेरै प्रयास भए तर कुहूँवासीको साहसिक कदम बीच मोटर बाटो पुग्न सफल भएको छ।


कुहूँ वासीको यो बाटो जसरि भए पनि खोल्लन पाउनुपर्ने अडान थियो भने पुर्णगाउ वासीको माग भएको मोटरबाटो लाई व्यवस्थितरुपमा स्तर उन्नति र विस्तार गर्ने र भएको प्राकृतिक सम्पदा बन जङ्गललाई बिनास हुन् नदिने भन्ने अडान थियो। यसको समाधानको लागि बिभिन्न बैठक पछि टुंगोलागेको थियो।


यस मोटर बाटोले छिमेकी गाउँहरु हिदी, थाइबाङ, भर्जुला, तुसारेपानी, देखि कुहूँ हुदै टोड्के, झि, वाखेत, पाखापानी कोटगाउ सम्मको यात्रा लाई सहज हुने आकलन गरिएको कुहूँ का सबै भन्दा जेष्ठ बृद्ध स्थानीय नर बहादुर पुन ले बताउनुभयो । सोही अबसरमा मंगला गाउँपालिका-१ वडा का भूपू वडाअध्यक्ष क्या. डेग बहादुर राम्जालीले पनि आफ्नो कार्यकालमा नै मोटरबाटो पुर्याउने लक्ष्य भए पनि बिभिन्न बाधाले सम्पन्नमा दिलो भए पनि आज कुहूँवासी साथ सहयोग र एकजुटले मोटर बाटो खोल्न सफल भएकोमा सम्पूर्ण कुहूँबासी लाई धन्यबाद दिनु भयो।


बाटो खन्दै गरेको एक्साभेटर जब टोड्केमा पुग्यो टोड्के हिल रिसोर्टका प्रबन्धक भिम शेरचनले खुसी हुदै डोजर चालक, बाटो समितिका सम्पूर्ण सदस्य, र उपस्थित कुहूँबासीहरुलाई अबिर र फुलमालाले स्वागत गर्नु भएको थियो । कुहूँ देखि टोड्केमा बोटो जोड्नु हुने सम्पूर्ण कुहूँबासीको अहम भूमिकाको प्रशंसा गर्दै धन्यबाद व्यक्त गर्नु भयो।अबको यो बाटोले टोड्केको पर्यटन विकासलाई टेवा पुराउने र पर्यटकको आगमनमा सहज हुनेमा विश्वास व्यक्त गर्नु भएको थियो ।


मोटर बाटो पुगे लगतै टोड्के बाट कुहूँ सम्मको लागि पहिलो सवारीसाधन जिसी ढुवानी सेवा को ट्याक्टरलाई अबिर र फुल माला लगाई बिदाई गरेका थिए।


मोटर बाटो खन्नलाई सहयोग गर्ने बाटो समिति, उपस्थित गाउँबासी र चालक लाई स्थानीय आमा समूहहरुले खाजाको ब्यबस्थापन गरेको छन्


यस अगाडी कुहूँबासीले बिबादका कारण कुहूँ, पूर्णगाउ, टोड्के जाने मोटर बाटोको अधेरीखोलामा नजिकै डुंगाको पर्खाल र रुखले बाटो अबरोध गरेको थिए।

Share:

म्याग्दी कुहूँका एक दम्पती द्वारा विपन्न तथा जेहेन्दार बालबालिकाहरुलाई अक्ष्यकोष स्थापना

   बिबाह पछि घर परिवार र समाजको एउटा आस हुन्छ सन्तानको रहर तर यो चाहना चाहेर पनि सबै मा लागु नहुन सक्छ। यो कुनै काल्पनिक नभई एक यथार्थ हो बिक्रम संवत २०५४ सालमा एक बालकको जन्म हुन्छ। जन्म, मृत्यु र कर्म मानिसको काबुमा हुँदैन भन्ने जनविश्वास रहि आएको छ। सायद त्यो बेला बालकको नियति पनि त्यस्तै थियो होला । जन्मेको केहि समय पश्चात त्यो बालकले संसार छोड्छन् । बालक त आए गए तर बाबु आमाको `मन कहिल्यै परिवर्तन हुन सकेन। त्यो मनलाई शान्त पार्न धेरै विकल्पहरु मध्ये यो उत्तम विकल्प चयन गर्नु भएको छ।


यो माथिको वियोगको कहानी म्याग्दी जिल्ला मंगला गाउँपालिका वडा नं १ कुहूँ निवासी सामाजिक, शिक्षाप्रेमी, व्यक्तित्व साबिक कुहूँ म्याग्दीका भूपू उपाध्यक्ष श्री धनलाल रोका र उहाँकी धर्मपत्नी गौमती रोका हो। उहाँहरुको नवजात शिशु स्वर्गीय बालकको स्मृतिमा प्रत्येक वर्ष स्थानीय श्री दीपशिखा मा. बि. कुहूँ म्याग्दीमा अध्ययनरत गरिब तथा विपन्न/जेहेन्दार बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गर्ने गरी रु १,००,०००| (अक्षरूपी एक लाख) को अक्षकोष स्थापना गर्नुभएको छ। कोषबाट प्राप्त हुने व्याज (रकम) बाट शैक्षिक सामग्री खरिद गरि वितरण गरिनेछ।। कोषको व्याजबाट प्राप्त हुने रकमबाट शैक्षिक सामग्री वितरण गरिनेछ।


 उहाँहरुको यो कदमले विपन्न/जेहेन्दार बालबालिकाहरुलाई लागि अभिभाबत्व ग्रहण गर्नु भएको आभाष दिलाउनु भएको छ। एक दम्पती द्वारा स्थापना गर्नु भएको अक्ष्यकोषको चौतर्फी स्वागतयोग्य र प्रशंसनिय कार्यको बिधालय ब्यबस्थापन समिति का अध्यक्ष रबिन बिरही पुन शिक्षक् अभिभावक संघका अध्यक्ष डेग बहादुर जिसी र बिधालयका प्रधानाध्यापक डा. नन्द बहादुर खत्री ले प्रशंसा गर्नु भएको छ। 


 उहाँ दम्पती बाट विभिन्न संघ सस्था लाई आर्थिक सहयोग गर्दै आउनुभएको छ। सामाजिक विकासको निर्माणमा सधै साथ् दिदै आउनुभएको छ । बिगतमा पनि उहाको आफ्नै आर्थिक सहयोगमा स्थानीय नमुना आमा समुहलाई म्याग्दीको पर्यटकीय स्थल घोडेपानी को तीन दिने भ्रमणमा गराउनुभएको थियो।







Uploading: 6807202 of 6807202 bytes uploaded.



















Share:

म्याग्दीको कुहूँ गाउँमा उद्घोषण तथा भाषण कला तालिम सम्पन्न


 

   म्याग्दीको मंगला गाउँपालिका–१, कुहूँ मा आयोजित तीन दिने उद्घोषण भाषण कला तथा नेतृत्व विकास तालिम सकिएको छ । महिलालाई बोल्ने बानीको विकास गर्न मालिका सामुदायिक सिकाई केन्द्र कुहूँले २०८१ वैशाख २७, २८, र २९ सम्म तालिम आयोजना गरि सम्पन्न भएको छ।


तालिम समापन कार्यक्रमका प्रमुख अतिथि मंगला गाउँपालिकाका प्रबक्ता एवम् वडा अध्यक्ष एकजित रोकाको  उपस्थिति थियो । मंगला गाउँपालिका –१ कुहुँ, पूर्णगाउँ, थाईवाङ, पयुपाता लगायतका गाउँबाट ३० जना महिला तथा विद्यार्थीको सहभागिता रहेको तालिममा सिकाई केन्द्रकी अध्यक्ष गौमती रोकाले बताउनुभयो।


कार्यक्रमको सञ्चालन सिकाई केन्द्रकी सहजकर्ता रमिला पाइजाले गर्नुभएको थियो।उक्त तालिमलाई नेपाल पत्रकार महासंघका उपाध्यक्ष हरिकृष्ण गौतम, र कोषाध्यक्ष अमित विश्वकर्माले सहजीकरण गर्नुभएको थियो।









Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |