म्याग्दीको मंगला गाउँ पालिका १ मा अध्यक्ष एकजित रोका सहित एमालेको प्यानल भारी मतका साथ बिजयी

कुहूँ म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका –१ कुँहुमा नेकपा एमालेको प्यानल बिजयी भएको छ । शनिबार साँझ सार्वजनिक भएको मत परिणाम अनुसार वडा अध्यक्षमा नेकपा एमालेका एकजित रोकाले १११० मत लिएर विजयी बन्नुभएको हो ।


त्यस्तै महिला सदस्यमा दिल कुमारी खत्री ११२६, दलित महिला सदस्यमा संगीता किसान १११४, खुल्ला सदस्यमा कुमार शेरपुन्जा १०६० र खुल्ला सदस्यमा नर बहादुर खत्री १११७ मत प्राप्त गरि निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिनुभयो ।

उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका रविन पुनले ६५७, नेकपा माओवादीका पृथीलाल विकले ८२ र राप्रपाको नर बहादुर घर्तिले ४ मत प्राप्त गरेका छन ।

त्यस्तै गाउँपालिका अध्यक्षमा नेकपा एमालेका सतप्रसाद रोकाले १०९९, नेपाली काँग्रेसका विरेन्द्र बुढाथोकीले ६६७, र नेकपा माओवादीका टेक बहादुर विश्वकर्माले १०६, राप्रपाका योगेन्द्रमान गौचनले ५ र मंगोलका गिरु रोकाले ११ मत प्राप्त गरेका छन ।


गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेका पेमा अधिकारीले ११०७, नेपाली काँग्रेसका शर्मिला थापाले ६९२, नेकपा माओवादीका सुकमाया रोकाले ८८, राप्रपाका उम्मेदवारले ५ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत ढुङ्गानाले जानकारी दिनुभयो ।


Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |