म्याग्दीको मंगला गाउँपालिका-१ कुहूँ ,मा अबस्थित दीपशिखा माध्यमिक विद्यालय कुहूँ काे ६४ औँ वार्षिकोत्सब तथा ३२ औँ अभिभावक दिवसको अबसरमा सप्ताह खेलकुद कार्यक्रम पहिलाे दिन साविक वडा स्तरीय पुरूष तथा महिला अभिभावक भलिबल खेलहरू मध्ये पुरूष अभिभावक खेलहरू सम्पन्न भएका छन् भने महिला अभिभावक खेलमा फाइनल खेल मात्र बाँकी रहेकाे छ । सावित पुरूष अभिभावक खेलमा वडा नं ३ प्रथम हुन सफल हुनुभएको छ भने वडा नं ५ द्वितीय स्थान हासिल गर्न सफल हुनुभएको छ ।
मंगला गाउँपालिका -१ कुहूँ मा अबस्थित दीपशिखा माध्यमिक विद्यालय को ३२ औँ अभिभावक दिवस तथा ६४ औँ वार्षिकोत्सबको आज दोस्रो दिन गणेश पोवीसरा स्मृति कोषद्वारा सञ्चालित छात्र भलिबल खेलहरु सञ्चालन भएका थिए ।
छात्र भलिबल खेलमा दीपशिखा माध्यमिक विद्यालय (निलो) र मंगला माध्यमिक विद्यालय फाइनल प्रवेश गर्न सफल भएका छन् । आज सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा दीपशिखा माध्यमिक विद्यालय (निलो) ले त्रिभुवन मंगला माध्यमिक विद्यालय र्यालेखोरलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने दोस्रो सेमिफाइनल खेलमा मंगला माध्यमिक विद्यालय बाबियाचौरले महेन्द्ररत्न माध्यमिक विद्यालय बरङ्जालाई पराजित गर्दै फाइनलमा प्रवेश गर्न सफल रह्यो । खेलमा सहभागी सम्पूर्ण विद्यालय तथा विद्यालयका खेलाडी भाइहरुलाई दीपशिखा माध्यमिक विद्यालयको तर्फबाट धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।
भोलि ठिक १० बजेबाट छात्रातर्फका खेलहरु सञ्चालन हुने भएकाले टाइसिट अनुसार उपस्थित भइदिनुहुन पनि अनुरोध गर्न आयोजकले जनाएको छ।

