बधाई (फुटकर कविता)

 बधाई (फुटकर कविता)



बुबाकोको फाटेको टोपी
आमाको फाटेको चोली
फेर्ने भनी
गरी कोसिस अनगिन्ती
आज तिमी सफल भएको दिन
थाहा छ मलाई
जुन दिन देख्न
तिमी कति संघर्ष गर्यौ ?

नभनी चैत वैशाखे गर्मी
नभनी मंसिर पुसे ठण्डी
नभनी उकाली
नभनी ओराली
बगाई रगत र पसिना
झर्दा आँसुका दाना
तिमी कुदेका थियौ
जीवनका गन्तव्यमा
आज सफल भएका छौ ।

शिखर चढ्ने तिम्रा सपना
मोती जस्ता अमूल्य कल्पना
गरिकन पाइला लम्काउदा
आज तिमी सफल भएका छौ ।

तिमीले आज सहजै
बुबाको गह्रौ भारी बोकेका छौ
आमाका दूधको भारा तिरेका छौ
फुपूको प्यारको मूल्य व्यहोरेका छौ
दाइका सपना आफै बोकेका छौ ।


त्यतिमात्र कहाँ हो र?
तिमीले आज पुर्खाको
बिँडो थामेका छौ
नेपालीलाई चिनाउन जाँदै छौ
अनि देशको झण्डा फरफराउने छौ ।
तिमी वीर नेपाली हौ

तिमीलाई हार्दिक
बधाई
!

आदरणीय करण शेरपुन्जा ससुरा सिङ्गापुर पुलिसमा छनौट हुनुभएकोमा हार्दिक
बधाई
ज्ञापन गर्दछु ।

मनकुमार जुग्जाली
मंगला-१, भर्जुला, म्याग्दी
हाल शिक्षक श्री थाइबाङ्ग आधारभूत विद्यालय
मंगला-१, थाइबाङ्ग, म्याग्दी

Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |