बेलायत निवासी राम्जाली बाट दीपशिखा मा. बि. कुहूँ म्याग्दीलाई आर्थिक सहयोग

२०७८ पुस १९ गते




मंगला गाउँपालिका वडा नं १, कुहूँ जन्म भई हाल बेलायतमा स्थाई बसोबास गर्दै आउनु भएको सामाजिक बौद्धिक व्यक्तित्व श्री काजीबहादुर राम्जाली (राम) आफ्नो बिदा मनाउन जन्म भुमि पुग्नु भएको छ। बिभिन्न काल खण्डमा बिभिन्न संस्था र पार्टीमा आबद्ध भैं आफ्नो पढाईलाई थाती राखेर सानो उमेरमा नै बिदेश पलायन हुनु भएको राम्जालीले बिगतमा पनि स्थानीय बिभिन्न संघ संस्थाहरूलाई साथै दुखिपिडित र दिर्घ रोगी हरूलाई आर्थिक सहयोग गर्दै आउनु भएको छ । यहि अबसरमा पनि राम्जालीले आफ्ना स्वर्गीय पिता पतिलाल राम्जाली र स्वर्गीय माता खगी रामजालीको नाममा आफुले बाल्यकाल अध्ययन गरेको स्थानीय विद्यालय श्री दीपशिखा मा.वि. कुहूँ लाई रु १,५०,०००| (अक्षरुपी एक लाख पचास हजार) आर्थिक सहयोग प्रदान गर्नु भएको छ विधालयका प्राध्यापक डा. नन्दबहादुर खत्री ले बताउनु भयो। यो प्रशंसानीय कार्यको भित्री मनदेखि धन्यवाद दिन चाहन्छु । कमाउने कमाउने मात्रै भन्ने यो दुनियाँमा विद्यालयलाई सहयोग गरि दिन पनि सकिदो रहेछ भन्ने उहाँको उच्च स्तरको सोचको अनुपम नमूना हो। आफ्नो सामाजिक संजाल फेसबुकमा डा. खत्रीले जनाउनु भएको छ





यस भन्दा पहिले पनि यस बिधालयलाई राम्जालीले आफ्नो व्यक्तिगत रु १,३५,०००| (अक्षरुपी एक लाख पैंतीस हजार) र उहाँको सम्पूर्ण परिवारको तर्फबाट विद्यालयलाई रु १,००,०००|( अक्षरुपी एक लाख ) आर्थिक सहयोग गरिसक्नु भएको छ। यस सहयोग बाट बिधालयमा भएका समस्याको हल गर्नमा ठुलो राहत मिलेको बिधालय ब्यबस्थापन समितिका अध्क्षय तुल बहादुर पुन ले बताउनु भयो । विद्यालयलाई गर्नुभएकोमा सहयोग प्रति विद्यालय परिवारबाट धन्यबाद दिन्नु भयो ।




कर्म भूमिमा रहे पनि राम्जालीले आफ्नो पृत्रीहरुको सम्झनामा आफ्नो राम्जाली भाई परिवार लाई पनि ३०,००० l- (अक्षरुपी तीस हजार) सहयोग गर्नु भएको राम्जाली भाई समुहकी सचिब पार्वती राम्जाली ले बताईन्। सोही कार्यक्रममा स्थानीय मालिका आमा समुहलाई पनि सहयोग गर्नु भयो। बिगतमा पनि मालिका आमा समूह लाई सहयोग गर्नु भएको समुहकी अध्क्षय पूर्णमाया सेर्पुन्जाले बताउनु भयो।  


































Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |