दीपशिखा मा. बि. कुहूँ लाई एकै परिवारबाट एक लाख दश हजार बराबरको भौतिक सामाग्री सहयोग

मिति २०७८ पुष ११ गते 






मङ्गला गाउँपालिका वडा-१ निवासी कुहूँ ग्रामीण बिधुत उपभोक्ता समितिका अध्यक्ष, दीपशिखा मा.वि. कुहूँ का सल्लाहकार समितिका सदस्य श्री गोविन्दबहादुर खत्री र उहाँको धर्मपत्नी श्रीमती यामकुमारी खत्रीले कुहूँ गाउमा अबस्थित दीपशिखा मा.वि. कुहूँ मा विधार्थीहरुको खेलकुदको बिकासको लागी लामो समयदेखि समस्याका रूपमा रहेको बास्केटबलको पोल, फट्टाको समस्यालाई हल गरिदिनु भएको छ l पेशाले सामान्य किसान भएता पनि सामाजिक कार्यमा अग्रसर रहदै आउनुएका खत्रीले बास्केटबल पोलको लागी रु १,१०,०००| (अक्षरुपी एकलाख दस हजार ) को लागतमा हल गरिदिनु भएको छ l बिगतमा पनि स्थानीय बिधालय र छिमेकि बिधालयमा आफनै लागतमा इन्टरनेट जडान गर्नु भएको थियो l खत्री जिल्लाबाट पनि उत्कृष्ट कृषकमा परी सम्मानित हुनु भएको थियो l उहाँको यो प्रशंसनीय कार्यको लागि विद्यालयका प्राध्यापक नन्द बहादुर खत्री र बिधालय ब्यबस्थापन समितिका अध्क्षय तुल बहादुर शेर्पुन्जा ज्यू बाट परिवार उच्च मूल्यांकन साथै धन्यबाद ब्यक्त गर्नु भयो।



























Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |