नेकपा माओवादी केन्द्रका म्याग्दीका जिल्ला यूवा नेता रविन 'बिरही' पुन नेपाली कांग्रेसमा प्रवेश

 





नेकपा माओवादी केन्द्र म्याग्दीका यूवा नेता रविन 'बिरही' पुन नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस मंगला गाउँकार्यसमितिको संगठन बिस्तार तथा सुदृढीकरण कार्यक्रम अन्तरगत वडा नं १ थाईबाङमा आयोजित कार्यक्रममा कुहुँका नेकपा माओवादी केन्द्र म्याग्दीका यूवा नेता पुन, लिलामान पुन लगायत कांग्रेसमा प्रवेश गर्नुभएको छ ।



थाईबाङमा आयोजित कार्यक्रममापार्टी सभापति खमबहादुर गर्बुजा‘खम्बीर’ले यूवा नेता पुन लगायत ५० जनालाई पार्टीको सदस्यता वितरण गरेको नेपाली कांग्रेस म्याग्दीका सहसचिव श्रीराम पौडेलले जानकारी दिनुभयो । कुहुँको विभिन्न संघसंस्थामा समेत कार्यरत पुनले नेपाली कांग्रेसका महाधिवेशनसँगै जिल्ला नेतृत्वमा समेत यूवाहरु देखिएकाले सदस्यता लिएको बताउनुभयो ।



कर्याक्रममा जिल्ला उपसभापति तथा बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ ,जिल्ला सचिव हिराबहादुर पुन, महाधिवेशन प्रतिनिधि चिरञ्जिवी शर्मा,जिल्ला सहसचिव श्रीराम पौडेल ,प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’का सभापति टंकप्रसाद पुन ,मंगला गाउँपालिका सभापति नरसिङ बहादुर खत्री लगायतले बोल्नुभएको थियो ।पालिका सपभापति खत्रीको सभापतित्व र कार्यक्रम संचालन मंगला गाउँपालिका कार्यसमितिका सचिव विरेन्द्र बुढाथोकीले गर्नुभएको थियो ।



वडा सभापति राम खत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’का उपसभापति गोपाल भट्टचन,हिमाल गुरुङ र वडा नम्बर ४ का इकाई सभापति लालबहादुर रोका मगर लगायतको उपस्थिती रहेको थियो ।






Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |