मालिका आमा समूह कुहूँ म्याग्दी ले सबै घरधुरीमा मास्क र साबुन वितरण

 कुहूँ २०७८ असार १९ गते 



मंगला गाउ पालिका वडा नम्बर १ कुहूँ गाउमा बिगत देखि नै समाजमा जनचेतना र समाजमा रहेका बिकृति र विसंगति र कुरीति को बिरुद्ध ओकालत  समाजलाई मार्गनिर्देशन गर्दै आएका महिलाहरुको समूहबाट स्थापित मालिका आमाले बिगत देखि गाउमा लोप हुदै गएको मठ मन्दिर हरुको ममर्त सम्भार साथै पुन निर्माण गर्दै आएका छन् 
 स्थानीय स्तरको  कला र संस्कृति संरक्षण गर्दै आएका छन् 

विश्व भरी महामारीको रुपमा नै फैलिएको कोभिड -१९ म्याग्दी जिल्ला का अधिकांशले गाउमा लगायत कुहूँ गाउँ पनि अछुतो रहेन टोल छिमेक गर्दै गर्दै अहिले कुहूँमा कोरोना संक्रमण संख्या उच्च रुपमा वृद्धि भएको छ

 
शुरुवातमा यसको लक्षण उच्च तापक्रम सहितको जरो आउने टाउको दुखने हातखुट्टाको जोर्नी दुख्ने गरेको श्वासप्रश्वासमा समस्या आएको  एक कोरोना संक्रमितको व्यक्तिले भन्नु भयो 


मालिका आमा समुहले कोरोनको लागि समुदायमा जनचेतन कार्यक्रम गर्दै कुहूँ गाउ भरीका लगभग दुई सय घर धुरीलाई मास्क र डितोल (DETTOL) साबुन बितरण गरेका छन् । समुहकी अध्यक्ष पूर्णमाया शेर्पुन्जा (पुन) ले समाजमा आइपरेका समस्याको समाधान गर्न आमा समूह हरदम सहयोग गर्न तत्पर रहने बताउनु भयो  त्यस्तै आमा समुहकी सचिब बिष्णु माया शेर्पुन्जा ले यो बिसम परिस्थितिमा सबैले माक्स अनिबार्य लगाउनु पर्ने भएकोले  गाउमा माक्सको समस्या नहोस भनि  सामाजिक दुरी र आफ्नो स्वास्थको ख्याल गरि उक्त  सामग्री  कुहूँ गाउ भरि नै वितरण गर्न लागेको जानकारी दिनु भयो समुहकी कोषाध्यक्ष पार्वती राम्जालीले अब हामी कसैले रोगलाई हेलचेक्र्याइँ गर्नु हुदैन कोरोना भएका व्यक्तिहरूलाई समनजनक व्यवहार गर्नु पर्छ भिडभाड गर्नु हुदैन । कोरोना को लक्षण देखिए तुरुन्तनजिकको स्वास्थ चौकीमा सम्पर्क गर्नु पर्छ केहि दिलो भए पनि उक्त सामग्री वितरण साथै समुदायमा जनचेतन कार्यक्रम गर्न पाउदा खुसी भएका छौ भन्नु भयो


  देउराली युवा क्लब कुहूँका सचिन एकजित रोका मगर ले "मालिका आमा समूहले" मंगला गाउँपालिका-१ कुहूँ (साबिक ३ र ४) का सम्पुर्ण कुहूँ बासी लाई प्रती व्यक्ति मास्क र प्रतिघर १ वटा डिटोल साबुन वितरण गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो 

 
यस अगाडि पनि कुहूँ गाउमा स्थापित नमुना आमा समूहले  कोरोना संकमित व्यक्तिहरूलाई  एक एक केजी फलफुल र मास्क र अन्य घर धुरीलाई मास्क वितरण गरि सकेका छन् अहिले सम्म कुहूँमा ४२ जना संकमित छन् यसैको मध्यनजर गर्दै  मंगला गाउँपालिका १ नम्बर वडालाई मिति  २०७८/३/१३ गते देखि २०७८/३/२३ गते सम्म १० दिनको लागि अर्को सूचना जारी नभए सम्म  पुर्णरुपमा सिल  गरिएको छ । अतिआवास्यक सवारीसाधन बाहेक अन्य सवारीसाधनलाई अर्को सूचना जारी नभए सम्म पूर्ण बन्देज गरिएको छ 




Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |