कुहूँ २०७८ असार १७ गते
दोश्रो लहरको कोरोनाको उच्च जोखिमले गर्दा नेपाल अधिराज्य भरि लगडाउन गरे पछि संक्रमित र मृत्युको संख्या कमी आएको थियो । म्याग्दीमा पनि बिस्तारै लुजडाउन संगै बजार र यातायात हरु आंशिकरुपमा खुल्ला र सन्चालन आएको थियो । यसको असर मंगलागाउँपालिकालाई नै असर गर्यो । एन्तिजेंट प्रयोग बाट गरेको टेस्टमा मंगला १ नम्बर वडा मा ३९ जनाको संक्रमित भएका थिए । हिजो मात्र एन्तिजेंट प्रबिधि बाट अर्मन स्वास्थ चौकी बाट गरेको टेस्टमा ३ जनामा कोरोना संक्रमित भैं कुल संख्या ४२ जना पुगेको छ ।
स्थानीयवासीका अनुसार अझै पनि स्वास्थ्य चौकीमा चेक गर्न नपुगेकोमा पनि कोरोना छ कि भन्ने अनुमान गर्न सकिन्छ । यसरी १ नम्बर वडा कोरोनाको संक्रमित उच्च हरेको अनुमान गर्न सकिन्छ यस अघि नै उच्च जोखिमका कारण मंगला गाउँपालिका १ नम्बर वडा २०७८/३/१३ गतेदेखि मिति २०७८/३/२३ गते सम्म १० दिनको लागि अर्को सूचना जारी नभए सम्म पुर्णरुपमा सिल गरीएको छ । पोजेटिभ जति सबैमा कोरोनाको लक्षण ज्वरो आउने रुघाखोकी लाग्ने टाउको दुख्ने लक्षण देखिएको थियो ।

वडा लाई सिल गरे संगै १ नम्बर वडा कार्यलय, सहकारी तथा वित्तीय संस्थाहरुको सेवा समेत बन्द छन । अति आवश्यक काम बाहेक गाउँ भन्दा बाहिर कसैलाई पनि नजान र आउन नदिन भनिएको छ। यो समय अवधिभर एम्बुलेन्स, बिरामीको लागी प्रयोग गरिएको गाडी, गाउँपालिकाको औषधि ढुवानीका साधन र विकास निर्माणका कामका ढुवानी बाहेक अरु यातायातका साधनहरु पुर्णरुपले बन्द गरीएको खाद्यान्नका सामाग्री समेत गाउँपालिकाको निर्देशनमा सिमित समयमा ढुवानीको प्रबन्ध गरिने छ। यस समय अवधिभर नियम बिपरित कसैले नियमको उल्लंघन गरेको पाइएमा सवारी साधन समेत नियन्त्रणमा लिएर राखिने र नियम अनुसार कार्वाही गरिने भएको छ ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या २५१४ जना पुगेको छ। (पिसिआरबाट १६६४ जना र एन्टिजेनबाट ८५० ) जिल्लामा १९० जना सक्रिय संक्रमित हुनुहुन्छ।
विहिवार ९ जना संक्रमित निको भएर आइसोलेसन मुक्त भएका छन ।