कुहूँ स्वास्थ्य चौकी कुहूँमा कोभिड १९ विरुद्धको जोन्सन एन्ड जोन्सन र भेरोसेल खोप लगाए

 कुहूँ २०७८ साउन १४  गते 



फाइल तस्बिर 

मंगला गाउपालिका वडा नम्बर १ मा कोभिड १९ बिरुद्धको खोप २०७९ साउन ८ र ९ गते संचालन भएको थियो।  गाउपालिका र वडा कार्यालयको पहलमा  यसभन्दा अगाडी खोप नलगाएकाहरूलाई लक्षित् गरि   साउन १२ र १३ गते पनि खोप सेवा संचालन गरिएको थियो । उमेर समुहमा लगाएका खोप मध्य अहिले ५१ बर्ष देखी ५४ बर्ष उमेर समूह लाई   जोन्सन एन्ड जोन्सन खोप लगाएका थिए । ११९ जनाले जोन्सन एन्ड जोन्सन खोप सेवा लिएका मध्ये महिला ७१ जना र पुरुष ४८ जनाले थिए । सोही दिन पनि भेरोसेल खोप यस भन्दा पहिले छुटेका मध्य ३ जना पुरुष र १३ जना महिलाहरुबाट खोप सेवा लिएको कुहूँ स्वाथ्य कार्यालयले जनाएकोछ 

यस भन्दा पहिले मंगला गाउपालिकाका बिभिन्न वडाका स्वास्थ चौकी हरुमा कोभिड बिरुद्धको भेरोसेल खोप संचालन भएको थियो। जस अन्तर्गत ५५ बर्ष देखी ६५ बर्ष उमेर बिश्व बिधालय / विधालयका शिक्षक् र  कर्मचारी, सार्बजनिक यातायातका चालक र सहचालक, नेपाल सरकारले तोकेको अतिआवास्यक स्थानको सेवामा खोप लगाउन बाकी, त्यसै गरि खोप अनिबार्य गरेको देशमा जानको लागि नेपाली नागरिक र पूर्ण र अति असक्त अपांग क र ख वर्ग गरेर बगीकरण गरिएको गाउपलिकाको पत्रमा उलेख्य गरिएको थियो 

फाइल तस्बिर 





Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |