स्वर्गीय आमाको सम्झनामा स्थानीय दुई बिधालयलाई आर्थिक सहयोग

कुहूँ २०७८ साउन १७ गते


मंगला गाउपालिका वडा नम्बर १ तुसारेपानी निवासी समाजसेबी व्यक्तित्व बिल बहादुर पुन र डा. मिन पुन हाल पृथ्वीनारायण क्याम्पस, पोखरामा अध्यापनरत सहायक प्रोफेसर (Associate Professor), बाट आफ्नो ममतामयी आमा स्वर्गीय जमनसरा पुनको पुन्यतिथि (काजकिरिया) को अबसरमा आफुले बाल्यकालमा अक्षरारम्भ शुरु गरेको स्थानीय विद्यालय श्री मनकामना आधारभूत विद्यालय तुसारेपानी लाई अक्षरुपी पचास हजार (रु. ५०,०००) र आफ्नो निम्न माध्यमिक तहको पढाई र आफुले नै अध्यापन गरेको स्थानीय विद्यालय श्री दीपशिखा मा. वि. कुहूँलाई अक्षरुपी पचास हजार (रु ५०,०००) l आफ्नो भाइसमूह दूध पूनलाई अक्षरुपी बीस हजार (रु २०,०००)का दरले आर्थिक सहयोग गर्नु भएको छ l

यस्तै चनात्मकता कार्य सहित परम्परालाई निरन्तरता दिइ विद्यालयको वृहत्तर हितमा टेवा पुग्ने कार्य गर्नुभएकोमा उहाँको यो पवित्रा र प्रशंसनिय कार्य प्रति दीपशिखा मा. बि. कुहूँ का प्रधानाध्यापक डा. नन्द बहादुर खत्री ले परिवार प्रति हार्दिक आभार र धन्यवाद ब्यक्त गर्नु भयो l

यस्तै पुन भाई समुहको तर्फबाट परिवारमा जन्म दिनुहुने आमालाई गुमाउनुको पिडा भए पनि समाज प्रति देखाउनु भएको माया ममता र आर्थिक सहयोग गर्नु भएकोमा समाजसेबी व्यक्तित्व रबिन बिरही पुन ले परिवार प्रति समबेदना र धन्यवाद दिनु भयो l 


मनकामना आधारभूत बिधालय तुसारेपानीका बिधालय व्यवस्थापन समितिका अध्यक्ष साथै समाजसेबी व्यक्तित्व भुपेन्द राम्जालीले उहाहरुको परिवारले समाज र मनकामना आधारभूत बिधालयमा पुर्याउनु भएको महत्वपूर्ण भूमिका र समाजको एक दरिलो खम्बा रुपमा  हुनुहन्छ भन्नु भयो l यस अबसरमा मृत आत्माको शान्तिको कामना गर्दै सागरमा जानुहुने सम्पूर्ण आफन्तजन इस्टमित्रहरुको फुल प्रसाद बितरण गर्नु भएको थियो l









Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |