दुई दिनमा २२० जनाले लगाए कोभिड १९ बिरुद्धको खोप सेवा

 

कुहूँ २०७८ साउन ९ गते 




कोभिड १९ ले बिश्व आक्रान्त बनेको बेला नेपाल सरकारबाटलक्षित समूह अन्तर्गत म्याग्दीको मंगला गाउपालिकाका बिभिन्न वडाका स्वास्थ चौकी हरुमा कोभिड बिरुद्धको भेरोसेल खोप संचालन भएको थियो। जस अन्तर्गत ५५ बर्ष देखी ६५ बर्ष उमेर बिश्व बिधालय / विधालयका शिक्षक् र  कर्मचारी, सार्बजनिक यातायातका चालक र सहचालक, नेपाल सरकारले तोकेको अतिआवास्यक स्थानको सेवामा खोप लगाउन बाकी, त्यसै गरि खोप अनिबार्य गरेको देशमा जानको लागि नेपाली नागरिक र पूर्ण र अति असक्त अपांग क र ख वर्ग गरेर बगीकरण गरिएको गाउपलिका को पत्रमा उलेख्य छ 


मंगला गाउपालिकाका ७ वटा स्वास्थ्य चौकी बाट कोभिड १९ बिरुद्धको भेरोसेल खोप लिइरहेका छन। आज कोभिड १९ बिरुद्धको खोप मंगला गाउपालिकाको वडा नम्बर १ को कुहूँ स्वास्थ्य चौकी कुहूँमा सामुदायिक बिधालयमा कार्यरत शिक्षिक शिक्षिका, सार्बजनिक यातायातका चालक र सहचालक र पूर्ण र अति असक्त अपांग क र ख वर्ग  सहित ५५ बर्ष देखी ६५ बर्ष सम्मका बृद्धबृदा सहित ८८ जनाले खोप लगाएका थिए  जस अनुसार पुरुष ३५ जना र महिला ५३  जनाले खोप सेवा लिएका थिए 


 हिजो पनि कोभिड १९ बिरुद्धको खोप केन्द्र वडा नम्बर १ को कुहूँ स्वाथ्य चौकी कुहूँमा सामुदायिक बिधालयमा कार्यरत शिक्षिक शिक्षिका सहित ५५ बर्ष देखी ६५ बर्ष सम्मका बृद्धबृदा सहित १३२ जनाले खोप लगाएका थिए  जस अनुसार पुरुष ५८ जना र महिला ७४ जनाले खोप सेवा लिएका थिए खोप लगाएपछि खोप लगाएका व्यक्तिहरूलाई कुनै असर जस्तै रिगता लाग्ने छालामा समस्या देखिन सक्ने भएकोले केहि समय आराम गर्न अनुरोध गरिएको थियो खोप लगाए पछि कुनै पनिं व्यक्तिमा कुनै पनि लक्षण नदेखिएको र नभेटिएको कुहूँ स्वाथ्य चौकीले जनाएकोछ

यसभन्दा अगाडी सामुदायिक बिधालयका शिक्षक् कर्मचारीहरुलाई  कोभिड १९ बिरुद्धको खोपमा प्राथमिकतामा परेका थिएनन । त्यसको बिरोध सामाजिक संजालमा छरपस्ट देखिएको थियो । भेरोसेल खोप विश्वका कुनै कुनै  देशहरुले मान्यता दिएको छैन 




Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |