करेन्त लागेर म्याग्दी झी मा एक को मृत्यु

कुहूँ २०७८ असार ३१ 


नेकपा एमाले रघुगंगा गाउँपालिका–५ झिं का वडा कमिटीका अध्यक्ष रहेका ४६ बर्षिय कृष्ण थजाली मगरको करेन्ट लागेर मृत्यु भएको छ । विधुत प्राधिकरणले आफ्ना स्थानीय कर्मचारी समेत रहेका थजाली रघुगंगा गापा, ६ स्थित विधुतको मुख्य लाईनको ट्रान्सफर्मरमा समस्या आएपछि मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएका थिए ।


थजालीको झिं स्थित स्वास्थ्य चौकीमा उपचारक्रममा मृत्यु भएको नेपाल विधुत प्राधिकरण बेनी केन्द्रैले जनाएको छ । थजालीलाई करेन्ट लागेर घाईते भएपछि हेलिकोप्टरबाट पोखरा लैजाने तयारी समेत गरिएको छ । गाउँमा विद्युतीकरण सहित सामाजिक कार्यमा सक्रिय रहेका थजालीको मृत्युको खवरले स्थानीय स्तब्ध भएका छन् ।



 बेनी अनलाइन बाट 

Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |