कोरोनाको उच्च जोखिमका कारण कुहूँका एक समाजसेबी द्वारा आफ्नैं खर्चमा साबुन र मास्क वितरण

कुहूँ २०७८ असार २७ गते

 



गत हप्ता कोरोना संक्रमणका कारण मंगला गाउँपालिका वडा नम्बर-१ उच्च जोखिममा थियो l तर अहिले कोरोनाको संक्रमणका बिरामीहरु निको हुदै कम भएको छ l यसको उच्च जोखिम मध्यनजर गर्दै भारतीय सेनाबाट अवकासप्राप्त शिक्षाप्रेमी सामाजिक व्यक्तिव मंगला -१ कुहूँ निवासी क्या. केशर बहादुर जिसी ले मंगला गाउँपालिका वाड न: १ का पयुँपाटका ११५ घरधुरि र थाइबाङका ८५ घरधुरीमा जनचेतना सहित कोरोनाको लक्षण देखिएमा नजिकको स्वाथ्य चौकी वा प्रतिनिधिलाई सम्पर्क गर्नको लागि अनुरोध गर्दै व्यक्तिगत खर्चमा साबुन र मास्क बितरण गर्नु भएको छ l
यस अगाडी पनि कुहूँ गाउका सबै घरधुरीमा सर्जिकल मास्क, सिटामोल र डिकोल्स औषधि बितरण गर्नु भएको थियो l


अहिले कुहूँ लगायत छिमेकी गाउहरुमा कोरोनको संक्रमण डर एकदमै नियुन रहेको कुहूँ स्वास्थ चौकीले जनाएकोछ l कोरोनको उच्च जोखिमका कारण कुहूँ गाउलाई दश दिनसम्म सिल गरिएको थियो l अहिले भने त्यहाको जनजीबन सामान्य रहेको मंगला १ नम्बरको वडा कार्यालयले जनाएकोछ l








Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |