कुहूँ असार १६, २०७८
सदरमुकाम बेनीबाट यात्रुबाहक जीप दुर्घटना हुँदा २ यात्रुको घट्नास्थलमै मृत्यु भएको छ । अन्य ६ यात्रु घाइते भएका छन । दुर्घटनामा परी बेनी नगरपालिका- ५ डडुवाकी १९ वर्षीया सविना भण्डारी र मंगला गाउँपालिका-१ का १३ वर्षीय बिमल विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ । बेनी अस्पतालका अनुसार दुर्घटनामा परी घाइते हुनेमा मंगला गापा-१ पूर्णगाउँका सुदन आचार्य (२५), एन्जिला भण्डारी (२६), अनिल रसाईली (१९), अदिना नेपाली (८), गिता खत्री (३५) र अस्मिता राम्जाली(३६) रहेका छन् ।
प्रहरीका अनुसार बेनीबाट मंगला गाउँपालिका-१ पूर्णगाउँ तर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जीप बुधबार राति करिब ८:२० बजे मंगला गाउँपालिकाको-२ नेवारेखोलामा दुर्घटना भएको हो ।