कोभिड-१९ संक्रमण बिरामीहरुलाई नमुना आमा समूह कुहूँ ले फलफुल र मास्क बितरण

कुहूँ २०७८ असार १५ गते  



मंगला गाउँपालिका-१ कुहूँ (माझथर) मा रहेको महिला हरुको समूह बाट स्थापित नमुना आमा समूहले समाजमा रहेका विकास निर्माणका कार्यहरु गदै समाज भित्र रहेका कुसंस्कृतिको भण्डाफोर गर्दै आएका छन l समाजको लागि नमुनाको रुपमा देखिएका समूह बाट मंगला गाउँपालिका-१ कुहूँ (साबिक ३ र ४) मा एन्टिजन प्रबिधिको क्रममा पोजेटिभ देखिएका कोभिड -१९ बाट संक्रमित व्यक्तिहरूलाई समुहले १/१ किलोको दरले फलफूल वितरण गरेको छ l साथै कुहूँ बासीहरूलाई प्रतिव्यक्ति मास्क वितरण गरेको समुहकी सचिब नरदेबी रोका मगरले बताउनु भयो l




कोरोना संक्रमणको केन्द्रविन्दु बनेको मंगला गाऊँपालिका वडा नं १ अहिले १० दिनको लागि सिल गरिएको छ। गाउपालिका र वडा कार्यालयको समन्वयमा अति आवश्यक भन्दा अन्य सवारीसाधनलाई पूर्णरुपमा बन्देज गरेका छौ सबै संक्रमितहरुको स्वास्थ्य सामान्य नै छ देउराली युवा क्लब कुहूँका सचिब एकजित रोका मगर ले बताउनु भयो


समुदाय आफ्नै हो यस नबितम कार्यमा नमुना आमा समुहले पनि संक्रमितहरूलाई फलफुल वितरण अनि स्वास्थ्य सामग्री र घर-घरमा पुगेर जनचेतना फैलाउने काम गर्नु भएकोमा नमुना आमा समुहलाई समाजसेबी रबिन बिरही पुनले धन्यवाद ब्यक्त गर्नु भयो। कोभिड पोजेटिभ बाट संक्रमितहरुलाई स्थानीय जनप्रतिनिधीहरूबाट पनि निगरानी भएको भएको छ उहाँले भन्नु भयो । अहिले स्थितिलाई हेर्दा सबैको अवस्था सन्तोषजनक नै छ। यस बिसम परिस्थितिमा यदि कसैलाई अप्थ्यारो परेमा र जनप्रतिनिधीहरूलाई सम्पर्क नभएमा समाजसेबी रबिन "बिरही" पुन मगरको मोबाइल नम्बरमा मो.नं ९८४७६४२४१७ मा सिदा सम्पर्क गर्नुसक्नु हुनेछ ।मैले सकेको सहयोग र सम्बन्धित निकायमा समन्वय गर्ने छु उहाले भन्नु भयो



यस बिचमा नेपाली कांग्रेस म्याग्दीले घर-घरमा केही स्वास्थ्य सामग्री वितरण गर्नुको साथै स्वास्थ्य चौकीको लागि महत्वपूर्ण सामग्री प्रदान गर्नु का साथै ।नेकपा माओवादी (केन्द्र)म्याग्दीले पनि स्वास्थ्य चौकीको लागि अति आवश्यक सामग्री प्रदान गर्नु भएकोमा धन्यवाद व्यक्त गर्नु भयो




Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |