कुहूँ २०७८ असार १४
गत हप्ता देखी कुहूँ गाउमा फैलिएकोले कोरोना ले कुहूँ र पुर्णगाउ गरि अही सम्म ३९ जना संक्रमित भएका छन् ।यसै लाई मध्यनजर गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) म्याग्दीका सचिवालय सदस्य क. पुनम खड्का नेत्रित्वमा कुहूँ स्वास्थ्य चौकीलाई अक्सिमिटर, पि.पि.ए. सेट स्यानिटाइजर, र मास्क लगायत आवस्यक स्वस्थ्य सामाग्री कुहूँ स्वास्थ्य चौकीका इन्चार्ज माया कुमारी अधिकारीलाई स्थानीय समाजसेबी रबिन बिरही पुनको उपस्थित स्वास्थ सामग्री हस्तान्तरण गरेका थिए । यो विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) का मंगला -१ सचिब पृथिलाल वि.क धन्यवाद व्यक्त गर्नु भयो भबिस्य मा पनि अझै स्वास्थ्य सामाग्री उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भयो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजा र मंगला -१ तुसारेपानी भैं काठमाडौं निवासी समाजसेबी छकेन्द्र पुन मगरकाे सहयोगमा उपलब्ध स्वास्थ्य सामाग्री समाजसेबी रबिन बिरही पुन ले हस्तान्तरण गर्नु भयो।
मंगलाको वडा नम्बर - १ लाई कुहूँ गाउ लाई २०७८/३/१३ गतेदेखि मिति २०७८/३/२३ गते सम्म १० दिनको लागि अर्को सूचना जारी नभए सम्म मंगला गाउँपालिका-१ नम्बर वडा लाई पुर्णरुपमा सिल गरिने भएको छ ।