मंगला गाऊँपालिकाको १ नम्बर वडा १० दिन सील

 कुहूँ २०७८ असार १४ 


  उच्च जोखिमका कारण मंगला गाउँपालिका १ नम्बर वडा सिल गरीएको छ । मंगला गाउँपालिका १ नम्बर वडा कुहूँ र पुर्णगाउँमा गरिएको एन्टिजेन चेकमा ३९ जनालाई कोभिड-19 पोजेटिभ देखिएको थियो। पोजेटिभ जति सबैमा कोरोनाको लक्षण ज्वरो आउने रुघाखोकी लाग्ने गरेकोले मिति २०७८/३/१३ गतेदेखि मिति २०७८/३/२३ गते सम्म १० दिनको लागि अर्को सूचना जारी नभए सम्म मंगला गाउँपालिका-१ नम्बर वडा लाई पुर्णरुपमा सिल गरिने भएको छ 

वडा कार्यलय, सहकारी तथा वित्तीय संस्थाहरुको सेवा समेत बन्द गरिने भएको छ, अति आवश्यक काम बाहेक गाउँ भन्दा बाहिर कसैलाई पनि नजान र आउन नदिन भनिएको छ
 यो समय अवधिभर एम्बुलेन्स, बिरामीको लागी प्रयोग गरिएको गाडी, गाउँपालिकाको औषधि ढुवानीका साधन र विकास निर्माणका कामका ढुवानी बाहेक अरु यातायातका साधनहरु पुर्णरुपले बन्द गरीएको खाद्यान्नका सामाग्री समेत गाउँपालिकाको निर्देशनमा सिमित समयमा ढुवानीको प्रबन्ध गरिने छ यस समय अवधिभर नियम बिपरित कसैले नियमको उल्लंघन गरेको पाइएमा सवारी साधन समेत नियन्त्रणमा लिएर राखिने र नियम अनुसार कार्वाही गरिने भएको छ 

कोरोनाको जोखिम विस्तारै घट्दै गइरहेको अवस्थामा एक्कासी ठूलो संख्यामा बिरामी भेटिएपछि एन्टिजेन परीक्षण सहित कोरोनाको लक्षणसँग मिल्ने बिरामीलाई घरमै सुरक्षित बस्न अनुरोध गरिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । ‘जोखिम बढेको छ, थप लापरवाही गरिए संक्रमतिको संख्या ह्वात्तै बढ्ने छ’ अध्यक्ष रोकाले भन्नुभयो ।


समुदायमा कोरोना फैलिएकाले परिस्थिति सहन नहुन्जेलसम्मका लागि एक मात्रै विकल्प वडा सिल भएको वडा सदस्य दिलकुमारी खत्रीले बताउनुभयो । ‘सिल’को अवधिभर स्थानीयवासीलाई कुनै पनि अवस्थामा घर बाहिर ननिस्कन, घरमा बसेका मानिसबाहेक अरु आफन्त, नातेदार, साथीहरू कसैसँग सम्पर्क नगर्न, आउजाउ नगर्न टोलटोलमा अनुरोध समेत गरिएको छ । कुहुँमा जनप्रतिनिधि सहित समुदायमा कोरोना पुष्टी भएको थियो ।
Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |