कुहूँ २०७८ असार १४ गते
मंगला गाउँपालिका वडा नम्बर-१ कुहूँमा कोरोनाको उच्च संक्रमित बढ्दै गएको कारणले नेपाली कांग्रेस म्याग्दीले स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजा र मंगला -१ तुसारेपानी भैं काठमाडौं निवासी समाजसेबी छकेन्द्र पुन मगरकाे सहयोगमा सामग्री उपलब्ध गराउनु भएको थियो।
सामाग्री हस्तान्तरण गर्न तरुण दल कुहूँका अध्यक्ष आनोन पुन (पुर्ण), सभापति खम्बिर गर्बुजा, नेपाल तरुण दल म्याग्दीका उपाध्यक्ष सोहन श्रेष्ठ नेबि संघ म्याग्दीका कोषाध्यक्ष सनम चोखाल तरुण दल सदस्य प्रेम थापा, आशिस पुन, सन्देश आचार्य, नेपाली कांग्रेस कुहूँका सदस्य बिल पुन मगर, र समाजसेबी रबिन "बिरही" पुन मगरको उपस्थित सामग्री हस्तान्तरण गरेका थिए । कुहूँको हरेक घरघरमा १ पिस साबुन र प्रत्यक व्यक्ति २/२ पिस मास्क र सिटामोल वितरण गरिएको थियो । कुहूँ गाउमा रहेको कुहूँ स्वास्थ्य चौकी कुहूँको लागि २ पिस पि पी ५ पिस FACE SHIELD स्वास्थ्य सामग्री राख्नको लागि बकेत (बाल्टिन) लगायत अन्य सामग्री हरु सहयोग गरिएको थियो।






