मंगला गाउपालिका म्याग्दीले आगामी आर्थिक बर्ष कुल ४२ करोड १८ लाख २५ हजार बराबरको बजेट पारित

 बावियाचौर २०७८ असार १०  । म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८÷७९ को लागि नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गरेको छ । विहिवार गाउँपालिकाको केन्द्र बावियाचौरमा आयोजित एघारौँ गाउँसभामा अध्यक्ष सतप्रसाद रोकाद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष सिर्जना केसीलेले प्रस्तुत गर्नुभएको बजेट छलफल सहित सर्वसम्मत रुपमा पारित भएको हो ।


मंगलामा आगामी आर्थिक बर्षको लागि सामाजिक सुरक्षा भत्ता बाहेक कुल ४२ करोड १८ लाख २५ हजार बराबरको बजेट पारित भएको छ । उपाध्यक्ष केसीले प्रस्तुत गनुृभएको बजेटमा चालुतर्फ २१ करोड ५१ लाख, ९९ हजार र पुँजीगत बजेटमा २० करोड ६६ लाख २६ हजार विनियोजन भएको छ । गाउँसभामा प्रस्तुत गरि पारित भएको बजेटमा नेपाल सरकारको वित्तिय समानिकरण अनुदानतर्फ ८ करोड ४७ लाख, पुजीगत सम्पुरक अनुदान रु १ करोड ३९ लाख, विशेष अनुदान रु ९१ लख, संघीय विभाज्य कोषबाट पाप्त हुने राजश्व बाँडफाँडको रु ६ करोड ३ लाख २५ हजार, सशर्त अनुदान रु १९ करोड ७९ लाख बजेट स्रोत मानिएको छ ।


त्यसैगरि प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान रु ९१ लख, प्रदेश राजश्व बाँडफाँडबाट रु ४३ लाख, प्रदेश सम्पुरक अनुदान रु १ करोड, आन्तरिक राजश्वबाट रु ७५ लाख र अनुमानित नगद मौज्दात रु २ करोड ५० लाख रकमलाई समेत बजेटमा समावेश गरिएको छ । गाउँसभामा अध्यक्ष रोकाद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा गाउँपालिकाको विकासलाई थप प्रभाबकारी बनाउने, जनताका गुनासा र समस्यालाई हल गर्न प्रयत्नरत रहने र स्थानीय समस्याको पहिचान र सम्भावनाको उजागरमा जोड दिईएको छ । गाउँसभाको उद्घाटन गर्दै जिसस प्रमुख देवेन्द्रबहादुर केसीले मंगला गाउँपालिकाले विकास निर्माण योजनाहरुलाई प्रभाबकारी कार्यान्वयनमा देखाएको तत्परता अन्य स्थानीय तहहरुको लागि समेत शिक्षा र अनुसरणयोग्य रहेकोमा जोड दिनुभयो ।

उहाँले स्थानीय तहहरुले विपद् व्यवस्थापन, विकास निर्माणको कार्यान्वयन, सेवा प्रवाह र महामारी नियन्त्रण लगायतका आफ्नो प्रभाबकारी भूमिका निर्वाह गरेको बताउनुभयो । गाउँपालिका अध्यक्ष रोकाको अध्यक्षता, शिक्षा संयोजक डेकबहादुर बानियाँको स्वागत र सूचना अधिकारी राजेन्द्र आचार्यको सञ्चालनमा सभा सम्पन्न भएको थियो । गाउँसभामा अध्यक्ष रोकाद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा गाउँपालिकाको विकासलाई थप प्रभाबकारी बनाउने, जनताका गुनासा र समस्यालाई हल गर्न प्रयत्नरत रहने र स्थानीय समस्याको पहिचान र सम्भावनाको उजागरमा जोड दिईएको छ ।

सभामा चार÷चार जना जनप्रतिनिधी र कर्मचारीलाई सम्मान गरिएको थियो । अर्मनका वडा अध्यक्ष भुपेन्द्र खत्री, कुहुँकी वडा सदस्य डिलकुमारी खत्री, बाबियाचौरका वडा सदस्य चक्रलाल पाण्डे र बरंजाकी वडा सदस्य मनमाया चोचाङ्गी सम्मानित हुनुभएको हो । यसैगरी शिक्षा संयोजक डेकबहादुर बानिया, स्वास्थ्य संयोजक लेखनाथ रोका, इञ्जिनियर सुजन पौडेल र लेखापाल लेखनाथ अधिकारी पुरस्कृत हुनुभएको छ । महामारी नियन्त्रण, विपद् ब्यवस्थापन, सडक, भवन, खानेपानी, सिचाई, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन र पर्यटन क्षेत्रसँग सम्बन्धित योजनालाई प्राथमिकता दिएको छ ।

सडक पुर्बाधारमा १० करोड १८ लाख, सामाजिक विकासमा तीन करोड ३० लाख, सिचाई तथा खानेपानीमा ७१ लाख, साझेदारीमा सञ्चालन हुने योजनाका लागि समुपुरक कोषमा दुई करोड ९ लाख, सहरी बिकासमा दुई करोड एक लाख, कृषि र पशुपालनमा ९९ लाख पचास हजार, कोरोना कोषमा ४८ लाख, वातावरणमा २८ लाख, स्वास्थ्यमा ३७ लाख पचास हजार, पोषण सुधारका लागि १३ लाख, खेल पुर्बाधारमा ३४ लाख ५० हजार, विपद् ब्यवस्थापनमा चार लाख ५० हजार, युवा तथा खेलकुदमा ३६ लाख बिनियोजन गरेको छ ।

चालु आर्थिक वर्षमा ५६ लाख ५० हजार रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको मंगलाले हालसम्म ५२ लाख २० हजार २२६ रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा पुजिगत शिर्षकमा १३ करोड ५६ लाख ८२ हजार २१६ रुपैयाँ बिनियोजन भएकोमा हालसम्म नौ करोड ५१ लाख ५० हजार ४९० रुपैयाँ खर्च भएको छ । २०७ वटा योजना तथा कार्यक्रम मध्य अधिकांश निर्माण सकिएका अध्यक्ष रोकाले बताउनुभयो ।     

साभार म्याग्दी अनलाइन

Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |