म्याग्दी जिल्ला कुहूँ पन्च्यात /गा. बि. स. हालको मंगला गाउँपालिका वाड न. १ निवासी बुवा स्वर्गीय बुवा कुल प्रशाद राम्जाली र आमा गंगामति राम्जाली को कोख बाट कहिला छोराको रुपमा यस धर्तिमा पाइला टेक्नु भएका रुपेश राम्जाली हुन् /बाल्यकाल स्थानीय दीपशिखा मा. बि. कुहूँ मा अध्यन गर्दै मा.बि. शिक्षा मंगला मा. बि. बाबियाचौर म्याग्दी बाट ए.ल.सी पास गर्नु भयो । त्यस बेला उच्च शिक्षा हासिल गर्न आफ्नो जिल्ला छोडेर जानु पर्ने बाध्यता थियो । त्यस बेला उहाको लागि असम्भव थियो । देसको विभिन्न राजनीति परिबर्तन पन्च्यात काल लाई निर्मुल पार्दै बौदल ब्यबस्थाको शासन शुरु भएको थियो । त्यस बेलाको कठिन परिस्थितिमा पनि शिक्षाको महत्वलाई राम्ररी बुजेर स्थानीय बिधालय दीपशिखा मा बि. मा करीब ४ बर्ष शिक्षक भै सेवा गर्नु भयो / समय परिबतन संगै राजनीति परिबर्तन पनि हुदै गयो त्यस बेला २०५४ सालमा स्थानीय चुनाब भयो त्यस बेला साबिकको कुहूँ गा. बि. स (गाउ विकास समिति ) (हालको मंगला-१ कुहूँ) को वडा नम्बर-४ बाट वाड अध्क्षयमा उमेदवार दिनु भयो र चुनाब मा अत्यधिक मतले बिजय हुनु भयो । सोहि पद मा रही २०५४- २०५८ सालको मङ्सिर सम्म सामाजिक सेवामा आफ्नो टिमसंग आफ्नो बुद्दी बिबेक ले भ्याएसम्म समाज सेवा गर्नु भयो र आफ्नो पद बाट राजिनामा दिनु भयो ।

त्यस बेला युवाहरुको जोस र जागरलाई खेलकुद स्थानीय कला र सस्कृतिक क्षेत्रलाई अगाडी बढाउनु पर्छ भन्ने उद्स्यले कुहूँ गाउको युवा युवती को समूह मिलेर २०५५ साल मा देउराली युवा क्लब कुहूँ को स्थापना गर्नु भयो र अहिके पनि त्यहि क्लब नै छ । जिल्ला विकास समिति बेनी म्याग्दीमा सम्पूर्ण प्रकिया पुर्याए दर्ता गर्नु भयो । करिब १२ बर्ष क्लबलाई मुर्त रुप दिनु भयो त्यस बेला देखि नै हरेक बर्ष बडा दशैँमा बिबिध खेलकुद र सास्कृतिक आयोजना गर्दै आएको छ र अझै पनि निरन्तर रुपमा नै चलिआएको छ / सामाजिक क्षेत्रमा काम गरि रहदा रहदै पनि उहा लाई बैदेशिक रोजगारीले लोभ्यायो। उहा नेपाल सरकारले निषेध गरेको द्वन्दमा फसेको देस इराक मा करिब २ बर्ष बिताउनु भयो । नेपाल फर्के पछी फरी उहालाई बैदेशिक यात्राको मोह बढ्यो / देशको बिभिन्न राजनीतिक परिबर्तन र परिस्थिको सामाना गर्दै स्पेन जानु भयो ।अहिले उहा स्पनेमा नै बसोबास गर्नु हुन्छ । विदेशमा रहेर पनि सामाजिक क्षेत्रलाई नजिक र टाढाबाट नियाल्दै आर्थिक भौतिक र नैतिक क्षेत्र मा सहयोग गर्दै आउनु भएको छ। उहा स्पेनमा बसोबास गरे पछी पनि सामाजिक क्षेत्र् र दुखी पिडितको लागि आफ्नो खर्चबाट आर्थिक सहयोग गर्दै आउनु भएको छ।

सरल र शान्त स्वभावका रुपेश स्पेनमा रहे पनि बिभिन्न नेपाली संस्थामा आबद हुनु हुन्छ
। स्पेनमा रहे पनि पनि म्याग्दीमा रहेका हरेक दुखि पीडितहरूलाई आफ्नै नेत्रित्वमा आर्थिक सहयोग सङ्कलन गरेर आफ्नो म्याग्दीमा पठाउन भएको छ साथै अन्य क्लब संघ संस्थाहरूलाई पनि आफ्नो व्यक्तिगत सहयोग गर्नु भएको छ ।
बिगतमा विदेशमा म्याग्दी समाज वा अन्य संस्था को रुपले चिनिने संस्था अहिले विश्व भरिका म्याग्दी प्रबासी नेपाली संघ (मोना) को रुप मा परिचित छ । यस संस्था युरोपको विभिन्न देश लगायत स्पेनमा पनि छ। यसको स्थापना २०११ अर्थात् बिक्रम सम्बत २०६८ साल भएको हो / लामो समय देखी मोना संस्थामा आब्बद रहेर संस्थाको बिभिन्न पदमा आफ्नो जिम्मेवारी बहन गर्दै सन् २०२१/२२ को कार्यकाल रुपमा अधक्ष्य पदमा निर्वाचित हुनु भएको छ । आफ्नो कार्यकाल सबैको सल्लाह सुझाबहरूलाई गहन रुपमा लिने बताउनु भयो । संस्थालाई अझै मजबुत बनाउने आफ्नो महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।
सन् २०२१/२२ का नया कार्य समितिको नामावली
अध्यक्ष श्री रुपेश राम्जाली मगर
बरिष्ठ उपाध्यक्ष श्री अयन्द तुलाचन,
उपाध्यक्ष श्री पदम पुन,
महासचिव श्री सुरेश चोखाल,
कोषाध्यक्ष श्री विमल खड्का
सदस्य श्री दिप बहादुर पुन,
सदस्य श्री खगेन्द्र जुग्जाली,
सदस्य श्री मनिस बानियां,
सदस्य सुश्री मन्जु के.सी. खत्री
साथै उहाले यो स्थानमा पुर्याउन सहयोग सल्लाह सुझाब दिनु हुने सम्पुर्णलाई हार्दिक आभार प्रकट गर्नु भएको छ ।