म्याग्दीको मंगला गाउँपालिका-१, कुहुँ स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।
मंगला गाउँपालिका-१ तुसारेपानी घर भई हाल अस्ट्रेलियामा रहनुभएका मुक्ति रोका, छकेन्द्र पुन र गंगाराज न्यौपानेको पहलमा ३ थान कन्सन्ट्रेटरस,भोल्टेज रगुलेटर र १ हजार थान एन ९५ मास्क गाउँपालिका उपाध्यक्ष सिर्जना केसी, वडा अध्यक्ष डेकबहादुर राम्जाली लगायतको उपस्थितीमा हस्तान्तरण गरिएको छ ।
काठमाडौं स्थित माउण्ट हर्ट नेपालले उपलब्ध गराएको उपकरणलाई गाउँसम्म ढुवानी गर्न मुक्ती रोकाले हेलिकप्टर सौजन्य गर्नुभएको थियो ।
यसअगाडी समेत समाजसेवी रोकाले तुसारेपानीका सबै घरधुरीमा पुगेर प्रति घर एक थान सेनिटाइजर, ३० पिस मास्क, ज्वरो र पखाला लागेको बेलामा प्रयोग गर्ने औषधी सहयोग गर्नुभएको थियो ।