कुहूँ गाउमा एन्तिजिन टेस्ट प्रबिधीबाट कोरोना टेस्ट सबैको रिपोर्ट नेगेटिभ

     

मंगला गाऊँपालिकाको कार्यालयको कोभिड-१९ परिक्षणको लागी यहि मिति २०७८/०२/२४ गते वडा न -१ कुहूँ गाउमा अवस्थिति कुहूँ स्वास्थ्य चौकी कुहूँ म्याग्दी मा आज जम्मा १९ जनाको एन्तिजिन टेस्ट प्रबिधीबाट परिक्षण भएकोमा सबै जनाको रिपोट नेगेटिभ आएको छ l सामाजिक दुरी र उच्च मापदण्ड सहित परिक्षणमा भएको थियो /


अझै पनि कुहूँवासी हरु कोरोनको संक्रमणबाट बस्तिहरुमा सुरक्षित् छन / आफ्गानो गाउमा सबै जना सचेत रहनको लागि सम्पुर्ण वडा वासीलाई मंगला गाउँपालिका का वडा नम्बर १ का अध्यक्ष क्या. डेग बहादुर राम्जाली ले अपिल गर्नु भएको छ/ साथै कोरोना सम्बधि कुनै लक्षण देखिएमा आफ्नो गाउ वा टोलमा रहेको संयोजक वा वडा कार्यालयमा सम्पर्क गर्न सक्नु हुने छ/ गाउमा अन्य गाउ वा जिल्ला बाट गाउमा प्रवेश गर्नेलाई पूर्ण बन्जे र अटेर गर्ने व्यक्तिलाई नेपाल सरकारको कानुन बमोजिम कारबाही गर्ने गाउँपालिका र वडा कार्यालमाको बिज्ञप्तिमा उल्लेख छ साथै आजको परिक्षण संलग्न हुनु हुने वडा नम्बर १ का जनता सम्पुर्ण स्वास्थ्य चौकीका डाक्टर लगाएत पुरै टिमलाई कुहूँ वासी बाट हार्दिक नमन

फोटो फाइल तबिर


Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |