म्याग्दी धवलागिरी गाउँपालिका २ कि ७२ वर्षीया एक महिलाको कोरोना संक्रमणका कारण पोखरामा उपचारका क्रममा बिहिबार बिहान निधन

म्याग्दीमा बिहिबार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ जना पुगेको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले पछिल्लो पटक जारी गरेको विज्ञप्तिमा बेनी नगरपालिकाका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आजै बिहिबार २८ जनामा संक्रमण पुष्टि भएको थियो ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार म्याग्दीबाट पठाइएको स्बाब र पोखरामै गएर। चेकजाँच गरेका गरी ३० जनामा कोरोना पुष्टी भएको हो ।
मंगलबार बेनी अस्पतालमा संकलन गरिएको ३७ जनाको स्बाब पठाइएकोमामा २६ जनामा कोरोना देखिएको हो

संक्रमतिमध्ये बेनी नगरपालिकाका १९, रघुगंगा गाउँपालिका ३, अन्नपूर्ण गाउँपालिका १, मंगला गाउँपालिका १ जना रहेका छन् भने चारजनाले पोखरामा गएर स्बाब दिएकोमा कोरोना पोजेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।
 
धवलागिरी गाउँपालिका वडा नम्बर २ का ७२ वर्षीया एक वृद्धाको कोरोना संक्रमणका कारण उपचारका क्रममा पोखरामा निधन भएको छ गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।




Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |