मंगलाले गाउँघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

मंगलाले गाउँघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण


 म्याग्दीको मंगला गाउँपालिकाले गाउँघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । कोरोना भाइरसको जोखिमले बृद्धबृद्धालाई बैंकसम्म पुग्दा संक्रमणको सम्भावनालाई मध्यनजर गरी गाउँपालिकाले ज्येष्ठ, एकल महिला, अपाङ्गतायुक्त, दलित र बालपोषण भत्ता घरमै गएर वितरण गरिरहेको छ ।

गाउँपालिकाले वडा नं १ कुहुँमा वडा कार्यालय र अशक्त र अपाङलाई घरमै पुगेर सेवा दिएको उपाध्यक्ष सिर्जना केसीले जानकारी दिईन् । ‘हामीले सकेमसम्म बैंकसम्म जान नपर्ने गरी वितरण गरिरहेका छौ,‘यो समयमा आवतजावत गर्न थप जोखिम हुने भएकाले वडामै पुगेर वितरण गरिरहेका छौ’ केसीले भनिन् ।




उनले सामाजिक दूरी कायम गरेर स्यानिटाइजर, मास्क, पञ्जालगायत सामग्रीका साथ भक्ता वितरण भएको छ ।गाउँपालिकाका पाँच वडामा जनप्रतिनिधि र कर्मचारी परिचालन गराएर भत्ता वितरण गर्ने अध्यक्ष सतप्रसाद रोकाले बताए । वितरण कार्यमा गरिमा विकास बैंक बावियाचौरका शाखा प्रबन्धक जित गर्बुजाको नेतृत्वमा बैंकका कर्मचारी खटिएका थिए ।

कोरोनाको जोखिम सबैभन्दा बढी बृद्धबृद्धामा हुने भएकाले घरदैलोमै आएर भत्ता दिएपछि बृद्धबृद्धा समेत उत्साहित भएका छन् । सोही अवसरमा बृद्धबृद्धाको स्वास्थ्य अवस्था बुझ्ने तथा दीर्घरोगी र नियमित औषधि सेवन गरिरहेका नागरिकलाई पनि वडाका जनप्रतिनिधिमार्फत औषधी उपलब्ध गराउने जनाइएको छ । पालिकाले बृद्धबृद्धालाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सहितका योजना समेत बनाइरहेको छ।

Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |