म्याग्दीको एक होटलमा काम गर्ने २२ बर्षिय यूवाको कोरोनाका कारण बागलुङमा मृत्यु

 म्याग्दीको सदरमुकाम बेनीको एक होटलमा कार्यरत २२ बर्षिय यूवाको कोरोनाका कारण मृत्यु भएको छ। बेनी नगरपालिका–१ घरभई हाल कालिपुलको होटलमा कार्यरत यूवाको बिहिबार विहान उपचारको क्रममा धौलागिरी अञ्चल अस्पताल बागलुङमा मृत्यु भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ।
कोरोना संक्रमति यूवालाई स्वासप्रस्वासमा समस्या भएपछि बेनी अस्पतालमा थप उपचार असम्भव भएपछि कोभिड संकट ब्यवस्थापन केन्द्रमा रेडक्रस प्रतिनिधि सदस्य सुरत केसीले भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भएपछि बागलुङ लगेका थिए ।
राती करिब १२ बजे बागलुङमा पुर्याइएपनि उपचारको क्रममा मृत्यु भएको हो । म्याग्दी घर भई काठमाण्डौमा कोरोना संक्रमणको कारण मृत्यु भएका २२ दिनको शिशुपछि सबैभन्दा कम उमेरमा मृत्यु हुनेमा पर्छन् । बेनीबजारमै कोरोन तिब्र गतिमा फैलिएको छ ।
लक्षण सहितका संक्रमतिको संख्या ह्वात्तै बढेसँगै केहीलाई स्बासप्रवासमा समेत समस्या देखिन थालेपछि थप तयारीमा जुटिएको छ । बुधबार मात्रै एक संक्रमतिलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।
पोखरा पठाइएको संक्रमतिको अवस्था समेत निकै चिन्ताजनक रहेको बेनी अस्पतालका चिकित्सकले बताएका छन् । बैशाख महिनामा मात्रै म्याग्दी जिल्ला ठेगाना भएका ३ जना संक्रमतिको कोरोनाका कारण ज्यान गएको छ । म्याग्दीमा दोस्रो लहरको कोरोनाबाट संक्रमतिको संख्या १ सय नाघेको छ ।


Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |