अस्ट्रेलियाबाट मुक्ति रोकाले पठाए गाउँका सबै घरलाई मास्क र सेनिटाइजर
म्याग्दीको मंगला गाउँपालिका (साविक कुहुँ गाविस–६) तुसारेपानीका सबै घरधुरीलाई अस्ट्रेलियामा रहेका मुक्ति रोकाले मास्क, सेनिटाइजर र औषधी सहयोग गरेका छन् ।
स्थानीय मनकामना यूवा क्लवले घरदैलोमै पुगेर प्रति घर एक थान सेनिटाइजर, ३० पिस मास्क, ज्वरो र पखाला लागेको बेलामा प्रयोग गर्ने ओषधी वितरण गरेको छ ।
क्लवका उपाध्यक्ष लालकुमार रोकाले मास्क र सेनिटाइजर वितरण सँगथै कोरोनासँग लक्षण मिल्नेहरुको समस्या समेत पहिचान भएकालाई घरमै सुरक्षित बस्न र सहयोग आवश्यक परेमा खवर गर्न समेत अपिल गरिएको बताए ।
उनले समाजसेवी रोकाले गाउँमा शिक्षा, स्वास्थ्य, खेलकुद सहित विभिन्न सामाजिक तथा मानवीय सेवामा समेत सहयोग गरेको बताए ।
अगाडी एक्कासी विरामी भएपछि हेलिकप्टरबाट उपचारका लागि पोखराको चरक मेमोरियल अस्पतालमा लगिएको स्थानीय ७६ बर्षिय बृद्धको मंगलबार विहान मृत्यु भएपछि गाँमा उच्च सतर्कता अपनाइरहेको छ।
जनस्वास्थ्यको मापदण्डलाई पालना गरिएकाले स्थानीयलाई त्रसित नहुन समेत यूवा क्लवले अनुरोध गरेको छ । कोरोनाको महामारीसँग जुध्न स्थानीयले बिरामीको उपचारमा सघायने गरी सुरु गरेको आपत्कालिन कोषको अभियानमा समेत विदेशमा रहेका तुसारेपानीबासीले सहयोग सुरु गरेको छ ।