मंगला गाउपालिका -१ तुसारेपानीका एक कोरोना संक्रमितको पोखरामा मृत्यु

  २१ बैशाख २०७८, मंगलवार  
म्याग्दीका एक संक्रमतिको पोखरामा मृत्यु भएको छ । मंगला गाउँपालिका–१ तुसारेपानीका ७६ बर्षिय बृद्धको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक बृद्धलाई बैशाख १७ गते कोरोना पुष्टी भएको थियो । कोरोनाको लक्षण देखिएपछि गाउँबाट हेलिकप्टरमा लगिएका बृद्धको उपचारको क्रममा मृत्यु भएको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका सदस्य सुरत केसीले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकका छोरालाई समेत कोरोना पुष्टी भएको छ भने श्रीमतिलाई समेत लक्षण देखिएकाले उपचारका लागि लैजाने तयारी भइरहेको छ । उहाको आफनो नातेदारलाई पनि कोराना लागेंको शंकामा कोराना टेस्ट गर्दा उहालाई नेगेटिभ   आएको छ। म्याग्दीका सबै  ग्रामिण क्षेत्रमै कोरोना समुदायस्तरमा फैलिएको छ । सदरमुकाम बेनी तथा धेरै आवतजावत हुने क्षेत्र उच्च जोखिमममा छ । बेनी नगरपालिकाले बैशाख २२ गते बाट लागु हुनेगरी दश दिनको लागी पूर्ण लकडाउन  गर्ने  जिल्ला विपद व्यवस्थपन समितिले निर्णय पारित गरेको छ।

 
Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |