म्याग्दीका उद्योग ब्यापारी संघको आक्रोश कोरोनाको बिरामीलाई आइसोलेन खोइ?Lockdownनै समस्याको समाधान हैन

म्याग्दी २० वैशाख २०७८। म्याग्दीमा कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न १० दिन लकडाउन गर्न सर्वदलिय सर्वपक्षिय बैठकले सिफारिस गरेको छ । सोमबार बेनी नगरपाकिलाको आयोजनामा भएको सर्वदलिय सर्वपक्षिय बैठकले जिल्लामा कोरोना संक्रमणको दर बढेको र थप जोखिमलाई न्यूनिकरण गर्न वैशाख २२ गते रातीदेखि १० दिन लकडाउन गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)लाई सिफारिस गर्ने निर्णय गरेको हो ।
जिल्ला स्थित राजनैतिक दल, उद्योगी व्यवसायि, समाजिक संघ संस्थाका प्रतिनिधिहरु सहभागी बैठकले जिल्लामा लकडाउन गर्न डिसीसीएमसीलाई सिफारिस गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीले जानकारी दिनुभयो । बैठकमा स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्साल र बेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द कँडेलले कोरोनाको संक्रमण दर कोरोनाका लक्षण भएका विरामीहरुको संख्या बढेको जानकारी गराउनुभएको थियो ।

 

उहाँहरुले कोरोना संक्रमणको चेन ब्रेक गर्न भिडभाड र मानिसहरु जमघट हुने कार्यलाई नियन्त्रण गर्न आबश्यक रहेकोमा जोड दिनुभएको थियो । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोविन्द पौडेल, नेपाली काँग्रेसका जिल्ला सचिब क्याप्टेन मिनबहादुर कार्की लगायत उद्योगी व्यवसायि, होटल व्यवसायि, सामाजिक संघ संस्था र बेनी नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरुले कोरोना नियन्त्रण र रोकथामको लागि गर्नुपर्ने उपाहरुको बारेमा धारणा र सुझाब राख्नुभएको थियो ।
नगरपालिका उपमेयर सञ्जु बरुवालको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । बैठकमा उद्योगी व्यवासायिहरुले कोरोना नियन्त्रणको लागि लकडाउनलाई मात्रै विकल्प बनाउन नहुने र अन्य उपायहरुको समेत खोजी गर्नुपर्नेमा जोड दिएका थिए । म्याग्दीमा हाल ७० जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।
Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |