बिगत चार वर्ष देखि कुहूँ र पुर्णगाउको बिबादमा रहेको कुहूँ देखि टोड्के जोड्ने मोटर बाटो हिजो जोडिएको छ। बिभिन्न आरोह र अबरोधका बीच कुहूँवासी को अथक प्रयास पछि मोटरबाटो पुग्न सफल भएको छ।यस बीचमा पनि बाटो खन्नमा अबरोध गर्न धेरै प्रयास भए तर कुहूँवासीको साहसिक कदम बीच मोटर बाटो पुग्न सफल भएको छ।
कुहूँ वासीको यो बाटो जसरि भए पनि खोल्लन पाउनुपर्ने अडान थियो भने पुर्णगाउ वासीको माग भएको मोटरबाटो लाई व्यवस्थितरुपमा स्तर उन्नति र विस्तार गर्ने र भएको प्राकृतिक सम्पदा बन जङ्गललाई बिनास हुन् नदिने भन्ने अडान थियो। यसको समाधानको लागि बिभिन्न बैठक पछि टुंगोलागेको थियो।
यस मोटर बाटोले छिमेकी गाउँहरु हिदी, थाइबाङ, भर्जुला, तुसारेपानी, देखि कुहूँ हुदै टोड्के, झि, वाखेत, पाखापानी कोटगाउ सम्मको यात्रा लाई सहज हुने आकलन गरिएको कुहूँ का सबै भन्दा जेष्ठ बृद्ध स्थानीय नर बहादुर पुन ले बताउनुभयो । सोही अबसरमा मंगला गाउँपालिका-१ वडा का भूपू वडाअध्यक्ष क्या. डेग बहादुर राम्जालीले पनि आफ्नो कार्यकालमा नै मोटरबाटो पुर्याउने लक्ष्य भए पनि बिभिन्न बाधाले सम्पन्नमा दिलो भए पनि आज कुहूँवासी साथ सहयोग र एकजुटले मोटर बाटो खोल्न सफल भएकोमा सम्पूर्ण कुहूँबासी लाई धन्यबाद दिनु भयो।
बाटो खन्दै गरेको एक्साभेटर जब टोड्केमा पुग्यो टोड्के हिल रिसोर्टका प्रबन्धक भिम शेरचनले खुसी हुदै डोजर चालक, बाटो समितिका सम्पूर्ण सदस्य, र उपस्थित कुहूँबासीहरुलाई अबिर र फुलमालाले स्वागत गर्नु भएको थियो । कुहूँ देखि टोड्केमा बोटो जोड्नु हुने सम्पूर्ण कुहूँबासीको अहम भूमिकाको प्रशंसा गर्दै धन्यबाद व्यक्त गर्नु भयो।अबको यो बाटोले टोड्केको पर्यटन विकासलाई टेवा पुराउने र पर्यटकको आगमनमा सहज हुनेमा विश्वास व्यक्त गर्नु भएको थियो ।
मोटर बाटो पुगे लगतै टोड्के बाट कुहूँ सम्मको लागि पहिलो सवारीसाधन जिसी ढुवानी सेवा को ट्याक्टरलाई अबिर र फुल माला लगाई बिदाई गरेका थिए।
मोटर बाटो खन्नलाई सहयोग गर्ने बाटो समिति, उपस्थित गाउँबासी र चालक लाई स्थानीय आमा समूहहरुले खाजाको ब्यबस्थापन गरेको छन् ।