बिबाह पछि घर परिवार र समाजको एउटा आस हुन्छ सन्तानको रहर तर यो चाहना चाहेर पनि सबै मा लागु नहुन सक्छ। यो कुनै काल्पनिक नभई एक यथार्थ हो। बिक्रम संवत २०५४ सालमा एक बालकको जन्म हुन्छ। जन्म, मृत्यु र कर्म मानिसको काबुमा हुँदैन भन्ने जनविश्वास रहि आएको छ। सायद त्यो बेला बालकको नियति पनि त्यस्तै थियो होला । जन्मेको केहि समय पश्चात त्यो बालकले संसार छोड्छन् । बालक त आए गए तर बाबु आमाको `मन कहिल्यै परिवर्तन हुन सकेन। त्यो मनलाई शान्त पार्न धेरै विकल्पहरु मध्ये यो उत्तम विकल्प चयन गर्नु भएको छ।
यो माथिको वियोगको कहानी म्याग्दी जिल्ला मंगला गाउँपालिका वडा नं १ कुहूँ निवासी सामाजिक, शिक्षाप्रेमी, व्यक्तित्व साबिक कुहूँ म्याग्दीका भूपू उपाध्यक्ष श्री धनलाल रोका र उहाँकी धर्मपत्नी गौमती रोका हो। उहाँहरुको नवजात शिशु स्वर्गीय बालकको स्मृतिमा प्रत्येक वर्ष स्थानीय श्री दीपशिखा मा. बि. कुहूँ म्याग्दीमा अध्ययनरत गरिब तथा विपन्न/जेहेन्दार बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गर्ने गरी रु १,००,०००| (अक्षरूपी एक लाख) को अक्षकोष स्थापना गर्नुभएको छ। कोषबाट प्राप्त हुने व्याज (रकम) बाट शैक्षिक सामग्री खरिद गरि वितरण गरिनेछ।। कोषको व्याजबाट प्राप्त हुने रकमबाट शैक्षिक सामग्री वितरण गरिनेछ।
उहाँहरुको यो कदमले विपन्न/जेहेन्दार बालबालिकाहरुलाई लागि अभिभाबत्व ग्रहण गर्नु भएको आभाष दिलाउनु भएको छ। एक दम्पती द्वारा स्थापना गर्नु भएको अक्ष्यकोषको चौतर्फी स्वागतयोग्य र प्रशंसनिय कार्यको बिधालय ब्यबस्थापन समिति का अध्यक्ष रबिन बिरही पुन शिक्षक् अभिभावक संघका अध्यक्ष डेग बहादुर जिसी र बिधालयका प्रधानाध्यापक डा. नन्द बहादुर खत्री ले प्रशंसा गर्नु भएको छ।
उहाँ दम्पती बाट विभिन्न संघ सस्था लाई आर्थिक सहयोग गर्दै आउनुभएको छ। सामाजिक विकासको निर्माणमा सधै साथ् दिदै आउनुभएको छ । बिगतमा पनि उहाको आफ्नै आर्थिक सहयोगमा स्थानीय नमुना आमा समुहलाई म्याग्दीको पर्यटकीय स्थल घोडेपानी को तीन दिने भ्रमणमा गराउनुभएको थियो।