म्याग्दीकी नरदेवी पुन गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेबारी

 

म्याग्दीकी नरदेवी पुनले गण्डकी प्रदेशको बुधबार विस्तार भएको मन्त्रिमण्डलमा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेबारी पाएकी छन् । म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित पुन यसअगाडीको मन्त्रिमण्डलमा सामाजिक विकास मन्त्रीको जिम्मेबारी सम्हालेकी थिईन् ।



मन्त्री पुनको जिम्मेबारीबाट यसअगाडीको स्वास्थ्य क्षेत्रको जिम्मेबारी हेरफेर भएपनि विज्ञान, प्रविधि र संस्कृति थपिएको छ । दोस्रो संविधानसभामा एमालेका तर्फबाट समानुपातिक सांसद बनेकी ४७ वर्षीय पुन नेकपा (एमाले)का अध्यक्ष केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा पशुपक्षी विकास राज्यमन्त्री बनेकी थिइन् ।

अर्थशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेकी पुन गण्डकी प्रदेशमा प्रदेशसभा साविकको धौलागिरी अञ्चलका चार जिल्लाबाट प्रत्यक्ष निर्वाचित हुने एक मात्रै महिला समेत हुन् नेकपा एमालेमा गण्डकी प्रदेशमा महिलातर्फ पुनलाई प्रभावशाली नेता मानिन्छ ।


Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |