कोरोना महामारीमा परिचालन गरिएको मंगला गाउँपालिकाको गाडी तोडफोड

  म्याग्दी २ जेठ । कोरोना महामारीमा परिचालन गरिएको मंगला गाउँपालिकाको गाडी तोडफोड भएको छ । बेनीमा विरामी छाडेर बावियाचौर तर्फ जाँदै गरेको ग१ झ ४१६ नम्बरको बोलेरो जिप मंगला गाउँपालिका–२ सिमलचौरमा शनिवार राती करिब १२ बजे तोडफोड भएको थियो ।

मदिरा सेवन गरेर गाडी तोडफोडमा संलग्न भएका सिमचौरका ३५ बर्षिय रमेश बायिनाँ र २६ बर्षिय जिवन बानियाँलाई नियन्त्रणमा लिएर थप अनुसंधान अघि बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार, उनीहरुले गाडीलाई रोकेर आक्रमण गर्दा गाडीमा तोडफोड भएको छ भने चालकलाई समेत कुटपिट गरेको पाईएको छ । तोडफोडबाट गाडीको अगाडीको सिसा र केहि झ्यालका सिसा समेत फुृटेका छन् । गाउँपालिकाका पदाधिकारी र कर्मचारी चढ्दै आएको उक्त गाडीलाई सिलिण्डर समेत जडान गरि कोरोना महामारीमा विरामीहरुलाई अस्पताल र स्वास्थ्य संस्थामा पु¥याउने प्रयोजनका लागि परिचालन गरिएको छ ।

Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |