म्याग्दीमा थपिए तीन संक्रमित सामुदायिक विद्यालयको दुई विद्यार्थी र एक शिक्षकमा संक्रमण पुष्टि

  गलेश्वर न्युज, कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण जिल्लाका विद्यालयमा फैलिएको छ । रुघा र ज्वरो देखिएपछि बेनी अस्पतालको प्रयोगशालमा एन्टिजेन्ट परीक्षण गर्दा एक निजी र एक सामुदायिक विद्यालयको दुई विद्यार्थी र एक शिक्षकमा संक्रमण पुष्टि सामुदायिक विद्यालयको दुई विद्यार्थी र एक शिक्षकमा संक्रमण पुष्टिभएको हो ।सदरमुकाम बेनीस्थित बेनी सामुदायिक माविको एक शिक्षक र एक विद्यार्थी र न्यू वेष्ट प्वाइन्ट आवासीय माविका एक विद्यार्थी रहेको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

‘विद्यालय कोरोना संक्रमणको जोखिममा छ,‘जनस्वास्थ्यको मापदण्ड अनिवार्य प्रयोग गर्नुपर्छ’ लम्सालले भन्नुभयो । त्यसपछि संक्रमितसँग घुलमिल भएका अन्य विद्यार्थीलाई घरपरिवारलाई निगरानीमा राख्नुपर्ने लम्सालको भनाई छ ।

विद्यालयमा नियमित जाने विद्यार्थीमा कोरोना पुष्टीसँगै खतराको घण्टी बजिसकेको जानकारहरु बताउँछन् । एन्टिजेन्ट किट प्रयोग गरी कोरोना परीक्षण टेष्टको विश्वसनीयता पीसीआर परीक्षण सरह हुन्छ । यसअगाडी एन्टिजेन्टमा पोजेटिभ आएको रिर्पोटमध्ये सबैजसोको पिसिआरमा समेत पोजेटिभ आएको थियो ।

Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |