म्याग्दी कुहूँका एक दम्पती द्वारा विपन्न तथा जेहेन्दार बालबालिकाहरुलाई अक्ष्यकोष स्थापना

   बिबाह पछि घर परिवार र समाजको एउटा आस हुन्छ सन्तानको रहर तर यो चाहना चाहेर पनि सबै मा लागु नहुन सक्छ। यो कुनै काल्पनिक नभई एक यथार्थ हो बिक्रम संवत २०५४ सालमा एक बालकको जन्म हुन्छ। जन्म, मृत्यु र कर्म मानिसको काबुमा हुँदैन भन्ने जनविश्वास रहि आएको छ। सायद त्यो बेला बालकको नियति पनि त्यस्तै थियो होला । जन्मेको केहि समय पश्चात त्यो बालकले संसार छोड्छन् । बालक त आए गए तर बाबु आमाको `मन कहिल्यै परिवर्तन हुन सकेन। त्यो मनलाई शान्त पार्न धेरै विकल्पहरु मध्ये यो उत्तम विकल्प चयन गर्नु भएको छ।


यो माथिको वियोगको कहानी म्याग्दी जिल्ला मंगला गाउँपालिका वडा नं १ कुहूँ निवासी सामाजिक, शिक्षाप्रेमी, व्यक्तित्व साबिक कुहूँ म्याग्दीका भूपू उपाध्यक्ष श्री धनलाल रोका र उहाँकी धर्मपत्नी गौमती रोका हो। उहाँहरुको नवजात शिशु स्वर्गीय बालकको स्मृतिमा प्रत्येक वर्ष स्थानीय श्री दीपशिखा मा. बि. कुहूँ म्याग्दीमा अध्ययनरत गरिब तथा विपन्न/जेहेन्दार बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गर्ने गरी रु १,००,०००| (अक्षरूपी एक लाख) को अक्षकोष स्थापना गर्नुभएको छ। कोषबाट प्राप्त हुने व्याज (रकम) बाट शैक्षिक सामग्री खरिद गरि वितरण गरिनेछ।। कोषको व्याजबाट प्राप्त हुने रकमबाट शैक्षिक सामग्री वितरण गरिनेछ।


 उहाँहरुको यो कदमले विपन्न/जेहेन्दार बालबालिकाहरुलाई लागि अभिभाबत्व ग्रहण गर्नु भएको आभाष दिलाउनु भएको छ। एक दम्पती द्वारा स्थापना गर्नु भएको अक्ष्यकोषको चौतर्फी स्वागतयोग्य र प्रशंसनिय कार्यको बिधालय ब्यबस्थापन समिति का अध्यक्ष रबिन बिरही पुन शिक्षक् अभिभावक संघका अध्यक्ष डेग बहादुर जिसी र बिधालयका प्रधानाध्यापक डा. नन्द बहादुर खत्री ले प्रशंसा गर्नु भएको छ। 


 उहाँ दम्पती बाट विभिन्न संघ सस्था लाई आर्थिक सहयोग गर्दै आउनुभएको छ। सामाजिक विकासको निर्माणमा सधै साथ् दिदै आउनुभएको छ । बिगतमा पनि उहाको आफ्नै आर्थिक सहयोगमा स्थानीय नमुना आमा समुहलाई म्याग्दीको पर्यटकीय स्थल घोडेपानी को तीन दिने भ्रमणमा गराउनुभएको थियो।







Uploading: 6807202 of 6807202 bytes uploaded.



















Share:

म्याग्दीको कुहूँ गाउँमा उद्घोषण तथा भाषण कला तालिम सम्पन्न


 

   म्याग्दीको मंगला गाउँपालिका–१, कुहूँ मा आयोजित तीन दिने उद्घोषण भाषण कला तथा नेतृत्व विकास तालिम सकिएको छ । महिलालाई बोल्ने बानीको विकास गर्न मालिका सामुदायिक सिकाई केन्द्र कुहूँले २०८१ वैशाख २७, २८, र २९ सम्म तालिम आयोजना गरि सम्पन्न भएको छ।


तालिम समापन कार्यक्रमका प्रमुख अतिथि मंगला गाउँपालिकाका प्रबक्ता एवम् वडा अध्यक्ष एकजित रोकाको  उपस्थिति थियो । मंगला गाउँपालिका –१ कुहुँ, पूर्णगाउँ, थाईवाङ, पयुपाता लगायतका गाउँबाट ३० जना महिला तथा विद्यार्थीको सहभागिता रहेको तालिममा सिकाई केन्द्रकी अध्यक्ष गौमती रोकाले बताउनुभयो।


कार्यक्रमको सञ्चालन सिकाई केन्द्रकी सहजकर्ता रमिला पाइजाले गर्नुभएको थियो।उक्त तालिमलाई नेपाल पत्रकार महासंघका उपाध्यक्ष हरिकृष्ण गौतम, र कोषाध्यक्ष अमित विश्वकर्माले सहजीकरण गर्नुभएको थियो।









Share:

मगर भाषा लोप हुँदा मेटिएको इतिहास खोजी गर्दै कुहूँ गाउँ

 


कुहूँ, म्याग्दी/   सिरानमा घना जंगल । जंगलको पुछारमा मालिकादेविलाई शिरमा राखेर लोप भएको खाम भाषा र मेटिएको इतिहासको झझल्को दिँदै छ म्याग्दीको कुहूँ गाउँले।

जिल्लाको मंगला गाउँपालिका–१ मा पर्ने यो गाउँ चिटिक्क परेको छ । प्राकृतिक सौन्दर्य र यहाँको ऐतिहासिक महत्वले मगर बाहुल्यगाउँमा १७ औँ शताब्दीको सुरुङमार्ग र तत्कालीन पर्वत राज्यसँग सम्बन्धित किंवदन्ती रहेका छन्। तर यहाँका मगरसमुदायले खाम भाषा र लिपिको संरक्षण गर्न नसक्दा इतिहास मेटिएको छ।

तत्कालीन पर्वत राज्यका राजाले प्रयोग गर्ने गरेको सुरुङमार्ग भेटिएको छ। जिल्लाकै सबैभन्दा पुरानो सुरुङमार्ग भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावमा सो सुरुङमार्ग ओझेलमा परेको छ।


बाइसेचौबिसे राज्यअन्तर्गत तत्कालीन समयमा शक्तिशाली मानिएका राजा डिम्ब मल्लले शत्रुसँग सुरक्षित रहन प्रयोग गर्ने गरेको सो सुरुङमार्गको प्रचारप्रसार गरी आवश्यक पूर्वाधारको निर्माण गर्ने हो भने इतिहासका अध्येता र पर्यटकका लागि आकर्षक गन्तव्यस्थल बन्नसक्ने प्रशस्तै सम्भावना रहेको स्थानीय बुद्धिजीवी एवं दीपशिखा मावि कुहूँका भूतपूर्व प्रधानाध्यापक भद्रबहादुर जिसीले बताए।

उनका अनुसार म्याग्दीको प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल मालिकाको धुरी जाने बाटोमा पर्ने सो सुरुङमार्गको लम्बाइ करिब ५० मिटर रहेको छ। पूर्व–पश्चिम फैलिएको सो सुरुङमार्गको पूर्वतिरबाट प्रवेश गरेर पश्चिमतर्फ ५० मिटरको दूरीमा रहेको मालिका मन्दिरमा निस्कन सकिन्छ।

गुफाको पूर्वतर्फ करिब ७० मिटरको दूरीमा तत्कालीन कुहूँले राजाको राजधानी रहेको थुमाको अवशेष मात्र बाँकी रहेको छ। गाउँको शिरानमा उच्च स्थानको समथर मैदानमा राजधानी थुमामा काजिला {सानो दरबार} बनाएर तत्कालीन पर्वते राजा बस्ने गर्दथे भन्ने किंवदन्ती रहेको छ।

१६.२ वर्ग किमी क्षेत्रफलमा फैलिएको यो गाउँमा दुई हजार, नौ सय, ४२ जनसंख्या रहेको छ । मगरको बाक्लो बस्ती रहेको कुहूँ गाउँ प्राकृतिक, ऐतिहासिक, जैविक र सांस्कृतिक सम्पदाले महत्वपूर्ण भए पनि भाषाको अभावमा कैयौँ सम्पदा पहिचान गर्न नसक्दा यो गाउँको इतिहास उजागर हुन नसकेको मंगला गाउँपालिका– १ का वडाध्यक्ष एकजित रोकाले बताए।

“पछिल्लो समय कुहूँ पुख्र्यौंली समाजले आफ्नो भाषा र यसको इतिहासको खोजी गरिरहेको छ, मगर खाम भाषाको लिपिको पनि खोजी हुँदैछ”, वडाअध्यक्ष रोकाले बताए।

मगर जातिका मगर ढुट, काइसे र खाम गरी तीन वटा भाषा प्रचलनमा रहेका रहेका छन्। म्याग्दीको कुहूँका मगरले खाम भाषा बोल्ने गरेका र अहिले त्यहाँ खाम भाषा लोप भइसकेकाले त्यस क्षेत्रको इतिहासका बारेमा धेरै कुरा बाहिर आउन नसकेको उनको भनाइ छ।

चिटिक्क परेको बाक्लो बस्ती, खेतीका लागि उर्वर जमिन, प्राकृतिक सुन्दरताले ऐतिहासिक महत्वको ठाउँ भएर पनि कुहूँ गाउँ बत्तिमुनिको अध्याँरोको नियतिलाई भोग्न बाध्य भएको छ।

यहाँ रहेको १७औं शताब्दीको सुरुङ, मालिका देवीको किंवदन्ती, गाउँको शिरानमा रहेको जंगलमा रहेका जैविक सम्पदा, ऐतिहासिक पर्वत राज्यमा कुहूँले गरेको योगदान आदि विषय खाम भाषा र लिपिको अभावका कारण इतिहासको गर्भमा नै रहेका स्थानीय टेक रोकाले बताए।

उनका अनुसार सुरुङ रहेको स्थानको पूर्वतर्फबाट तामाको सिक्का खसाल्ने हो भने त्यो सिक्का बजेको आवाज तीन मिनेटसम्म सुन्न सकिन्छ। सुरुङ रहेको पहराको शिरानबाट म्याग्दीका अधिकांश गाउँ, हिमशृङ्खला र वनजंगलको मनमोहक दृश्य देखिन्छ।

स्थानीय ज्येष्ठ नागरिकका अनुसार सो सुरुङको प्रवेश भाग मालिका मन्दिरको छेउबाट कुखुराको भाले भित्र छिराउने हो भने हालको बेनी नगरपालिका–४, सिंगा तातोपानीमा रहेको प्राकृतिक चिकित्सालय तातोपानी कुण्डको छेउमा रहेको ओढारबाट निस्कने गरेको किंवदन्ती रहेको छ।


सो सुरुङको भित्रितर्फको मध्यभाग दुईतिर फैलिएको छ । पूर्व–पश्चिम सिधा मार्ग रहेको छ भने सुरुङभित्र तलतिर जाने ओढार पनि रहेको बताइन्छ। सुरुङको प्रचारप्रसार गरी त्यसको ऐतिहासिक महत्वका बारेमा बुझाउन र देखाउनसक्ने हो भने सो स्थान म्याग्दीको आकर्षक ऐतिहासिक विरासत बोकेको पर्यटकीय स्थान हुनसक्ने स्थानीय बुद्धिजीवीको भनाइ छ।




Share:

एडोबी फोटोशप र प्रिमियर प्रोको विकल्पमा प्रयोग गर्न सकिने निःशुल्क सफ्टवेयरहरू

 कुहूँ, म्याग्दी । फोटो एडिट गर्न होस् वा भिडिओ तयार पार्न, हाम्रो मानसपटलमा कम्प्युटर अनि महँगा सफ्टवेयरको स्मरण आउँछ । हामीले देखेका, सुनेका वा काम गर्दै आएका सफ्टवेयर प्रयोग गर्न हाम्रो कम्प्युटरको क्षमता उच्च हुनुपर्छ । साथै त्यस्ता सफ्टवेयर खरिद गरेर प्रयोग गर्नुपर्ने हुन्छ ।

कहीँ कतै यस्ता सफ्टवेयर ताेडमोड गरी प्रयोग गरिएको पनि पाइन्छ । तर, त्यसरी प्रयोग गर्दा साइबर आक्रमण हुने, हाम्रो डेटा चोरी हुने, भाइरस बढ्ने जस्ता जोखिम बढी हुन्छन् । त्यस्तै डिभाइस राम्रो भएन भने खरिद गरेको सफ्टवेयर पनि राम्रोसँग प्रयोग गर्न सकिँदैन ।

आज हामी फोटो एडिटिङका लागि फोटोशप र भिडिओ एडिटिङका लागि प्रिमियर प्रोको विकल्पमा के-कस्ता निःशुल्क वेबसाइट/सफ्टवेयरहरू प्रयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदै छौं:

फोटोशपकाे विकल्पमा निःशुल्क सफ्टवेयर

फोटोशपको विकल्पमा इन्टरनेटमा थुप्रै वेबसाइट उपलब्ध छन् । यदि तपाईँ सामान्य प्रोसेसर भएको कम्प्युटरबाट फोटोशपको अनुभव लिन चाहनुहुन्छ, वा फोटोशपमा जसरी एडिट गर्न चाहनुहुन्छ भने हामीले सुझाव दिएका साइट उपयुक्त हुनसक्छन् ।

फोटोशपमा पनि दुई किसिमका साइट सुझाव दिँदैछौँ । एउटा फोटो एडिट गर्ने र अर्को डिजिटल आयल पेन्टिङ गर्ने ।

फोटो एडिटिङका लागि तलका वेबसाइट उपयुक्त हुनसक्छन्:

१)       गिम्प

२)     फोटाेपी

३)     ग्लिम्प्स

४)    फोटोस्केप एक्स

आयल पेन्टिङका लागि उपयुक्त साइटहरू:

१)       क्रिता

२)     गिम्प

३)     फायर एल्पिका

४)    स्केचबुक

५)   मेडिब्याङ पेन्ट

६)      सुमोपेन्ट

प्रिमियर प्रोको विकल्पमा उपयुक्त सफ्टवेयरहरू:

१)       दाभिन्ची रिजल्भ

२)     केडिन लाइभ

३)     शटकट

४)    ओपनशट

५)   लाइभ भिडिओ एडिटर

शुल्क पर्ने फोटोशप वा प्रिमियर प्रोको विकल्पमा यी निःशुल्क प्रयोग गर्न सकिने सफ्टवेयर तपाईँका लागि उपयुक्त विकल्प हुनसक्छन् । आफूलाई उपयुक्त हुने नाम छान्नुहोस् र सफ्टवेयर डाउनलोड गरी प्रयोग गर्नुहोस् ।

Share:

डेढ दशकपछि बेनी फर्किँदै ‘जनयुद्धको घाइते खम्बा’

 

‘फ्ल्यास ब्याक’मा दुई दशकअघि फर्कौं ।

२०६० साल चैत १० गते । मुलुकमा संकटकाल थियो । राजा ज्ञानेन्द्र अभिनन्दन लिँदै हिँडेका थिए । चैत १५ गते पोखरामा अभिनन्दन लिने कार्यक्रम थियो । 


Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

तर, १० गते राति साढे १० बजे ठूलो घटना भयो । युद्धरत तत्कालीन माओवादीले बेनी आक्रमण गर्‍यो ।

पूर्वको खबरा, दक्षिणको हाडेभीर जंगल, पश्चिमको मंगलाघाट, अर्थुङ्गेको डाँडा र मुख्य बजारको वीरेन्द्र चोक, बालमन्दिर चोक र खुलामञ्चबाट ८१ एमएम मोर्टारलगायत आधुनिक हतियारसहित एकसाथ आक्रमण गरिएको थियो ।


ज्यान गुमाएका एक माओवादी लडाकूको साथमा प्रतिबन्धित ‘एके–४७’ भेटियो । माओवादीको साथमा भेटिएको ‘एके–४७’ले लडाइँको भयावह स्थिति दर्साउँथ्यो ।

‘एके–४७’ विश्वभर ‘आतंककारी’ भनिनेहरूले मात्रै बोक्ने हतियारका रूपमा चिनिन्थ्यो । बेनी आक्रमणका कमान्डर निवर्तमान उप–राष्ट्रपति नन्दबहादुर थिए । उनले १३ वटा ‘एके– ४७’ रहेको तथ्यांक दिएका छन् ।

ती हानीकारक हतियारबाट भएको धनजन क्षतिको तथ्यांक भने उनले दिएका छैनन् । 

तर, ठ्याक्कै दुई दशकअघिको त्यो बेनी आक्रमण झल्काउने साक्षीका रूपमा प्वालै–प्वाल भएको एउटा खम्बा पाटनढोकास्थित मदन पुरस्कार पुस्तकालय रहेको यलमाया केन्द्रको प्रांगणमा ठिङ्ग उभिएको छ ।

यो निर्जीव बिजुलीको खम्बाले यति धेरै ‘चोट’ बेहोरेको छ कि त्यसले बेनी आक्रमणमा जीवन गुमाउने सुरक्षाकर्मी, माओवादी पूर्वलडाकू, सर्वसाधारण, भौतिक संरचनाको क्षतिलाई झल्काउँछ ।

सांस्कृतिक भवन यलमाया केन्द्रमा दैनिकजसो सभा, गोष्ठी, तालिम, छलफल, प्रदर्शनी, सांस्कृतिक कार्यक्रमहरू हुन्छन् । छेउमै रहेको ढोकामा बिहानैदेखि क्याफेमा गफिने, साँझ सानोबारमा मदिरा पिउने र पुस्तक पसलमा जाने ग्राहकले त्यो खम्बा अवलोकन गरेर बेनी आक्रमण सम्झन्छन् ।

अब भने खम्बा हेर्न र बेनी आक्रमण सम्झन यलमायाको छेउमा हैन कालीगण्डकी किनार बेनी बजार पुग्नुपर्ने भएको छ । 

‘घाइते खम्बा’ कसरी आइपुग्यो पाटन ?

नेपालयले २०६४ सालमा ‘लडाइँमा जनता’ भनेर देशभर फोटो प्रदर्शनी गर्‍यो ।

माओवादी द्वन्द्वकालमा खिचिएका फोटोहरू संकलन गरी प्रदर्शनी गरिएको थियो । त्यसै मेसोमा फागुन ७–८ गते बेनी बजारमा फोटो प्रदर्शनीमा राखियो । हिमाल म्यागेजिनका प्रकाशक कनकमणि दीक्षित पनि त्यही बेला बेनी पुगे ।

‘गोलीको चोटले प्वालै–प्वाल परेको खम्बामा लडाइँमा जनता फोटो प्रदर्शनीको पोस्टर टाँसिएको रहेछ । ओहो! यसलाई संरक्षण गर्नुपर्छ भनेर नयाँ खम्बामा बिजुलीको तारहरू फेरिदिएर सबै खर्च मदन पुरस्कारले गरी संरक्षणका लागि यहाँ ल्याएका हौं’, दीक्षितले भने ।

आफू ऐतिहासिक चिजको संरक्षण गर्नुपर्छ भन्ने कुराको हिमायती भएको भन्दै दीक्षितले थपे, ‘मलाई खम्बा चोरसम्म भनेर आरोप लगाए । तथाकथित जनयुद्धको बखानका लागि नभई जनचेतनासँगै शान्तिको अनुभव दिलाउन संरक्षणका लागि भनेर पत्र आएकाले खम्बा फेरि बेनी जाँदैछ ।’

मदन पुरस्कारपुस्तकालयकाअध्यक्षसमेत रहेका दीक्षितले सोमवार विज्ञप्ति जारी गर्दै भनेका छन्,

२०६० चैत ७ गते म्याग्दीको बेनीबजारमा तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले आक्रमण गर्दा गोली लागि प्वाल नै प्वाल भएको बिजुलीको खम्बा मदन पुरस्कार पुस्तकालयले सुरक्षित र संरक्षण गरी राखिदिएकोमा यहाँहरूले व्यक्त गर्नुभएको धन्यवाद पत्र प्राप्त भयो । सोही पत्रानुसार म्याग्दी जिल्ला बेनीबजार नगरपालिका वडा नं. ७ बेनी बजारमा बन्न गइरहेको शान्ति पार्कमा उक्त खम्बा सुरक्षित साथ प्रदर्शनीका लागि राखी आम जनसमुदायलाई सशस्त्र द्वन्द्वले पारेको असरको सम्झनासँगै शान्तिको कामना गर्ने र सचेतना जगाउने उद्देश्यका लागि यहाँहरूले पठाउनु भएको पत्र अनुरूप आवश्यक प्रबन्ध मिलाई सो खम्बा पाटनढोका परिसरबाट बेनी बजार पुर्‍याउने व्यवस्था मिलाउनु हुन हार्दिक अनुरोध छ । यस ऐतिहासिक महत्त्व राख्ने खम्बाको पूर्णतः तथा दीर्घकालीन सुरक्षाका लागि यहाँहरूले आवश्यक कार्य गर्नुहुने नै छ । साथै यस धातुको वस्तुको संरक्षणका लागि प्राविधिकहरूसँग सल्लाह लिनुहुन हाम्रो अनुरोध छ ।’

null

बेनी संग्रहालयको गहना खम्बा 

पत्रकार पृष्ठभूमिका बेनी नगरपालिकाका प्रमुख सुरत केसीले गत आर्थिक वर्षमा ५ लाख रुपैयाँ बजेट विनियोजन गरी बेनी आक्रमण भएको स्थानमा शान्ति बाटिका निर्माण अगाडि बढाएका थिए । अहिले त्यो खम्बाको झन् महत्त्व भएकाले पत्राचार गरी झिकाइएको उनले बताए ।

केसीले खम्बा आउँदो जेठ १५/१६ गते बेनीतर्फ प्रस्थान गराउने योजना रहेको बताए ।

‘पोल जहाँ झिला परेर चाल्नोजस्तो भएको थियो, त्यसको १० मिटरभित्रै राख्नेगरी डिजाइन गरिएको छ । नगरपालिका पछाडि त्यो पोल थियो । अहिले विकास निर्माणमा केही भूगोल फेरिएको छ । नगरपालिकाको पछिल्लो कोठानजिकै नेपाली सेनाको बंकर छ । त्यहीँ म्युजियम बन्ने छ’, उनले भने ।

‘बेनीमा एकरात पर्यटक बसाल्ने तयारी गरी म्युजियम र बाटिका बन्दैछ, जुन बंकरमा आक्रमण गरियो । सोही बंकरभित्र दिउँसो फोटो प्रदर्शनी र प्रत्येक राति बेनी आक्रमणको भिडियो प्रदर्शनी गर्छौं । बाहिर पाटन ढोकाबाट फिर्ता आएको झिला परेको खम्बा प्रदर्शनीमा राख्छौं’, केसीले भने ।

एकोरियम बनाएर सुरक्षाकर्मी, माओवादी लडाकू र सर्वसाधारण जति मरिए त्यति जनाको सम्झनामा शालिग्राम खम्बा वरपर राख्ने योजनासमेत रहेको उनले बताए । यता दीक्षितले एकोरियम नराख्न सुझाव दिएको उनले बताए ।

मदन पुरस्कार पुस्तकालयलाई जिल्ला समन्वय समिति म्याग्दीले २०८० वैशाख ११ गते पत्राचार गरी खम्बा फर्काइदिन आग्रह गरेको थियो । दीक्षितले भने, ‘सबै नेपालीले शान्तिको अनुभव गर्न सक्ने वातावरण निर्माणका लागि सचेतना जगाउने उद्देश्य र विश्वलाई शान्तिको सन्देश दिन सक्ने गरी निर्माणाधीन शान्ति बाटिकामा सुरक्षित रहने गरी उक्त पोल हस्तान्तरण गर्न पाएकोमा खुशी व्यक्त गर्दछु ।’

बेनी आक्रमणलाई रातभर झेलेर कान्तिपुर दैनिकमा रिपोर्टिङ गरेका घनश्याम खड्का २०६० चैत १० को रातलाई सम्झँदै भन्छन्, ‘खम्बा झिला–झिला परेर जीर्ण भएको थियो । बिजुलीको तार त्यसैमा थिए । पछि कनक दाइले यो कवाडीमा फाल्नुभन्दा ऐतिहासिक चिजलाई हामी संरक्षण गर्छौं भन्नुभयो । प्वाल परेको खम्बाको सट्टा नयाँ खम्बा किनिदिएर लानुभएको हो । अब यहाँको संग्रहालयमा फर्काउन पाउँदा खुशी छौं ।’ 

निवर्तमान उप–राष्ट्रपति पासाङले सम्झिने बेनी आक्रमण            

बेनी आक्रमणका कमान्डर निवर्तमान उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले बेनीको भूगोललाई संस्मरणमा भनेका छन्, ‘उत्तरतिर भिरालो–भिरालो तर मान्छे हिँड्न सक्ने सल्लेरीबारी (जंगल) र मोटरबाटो पर्दछ भने दक्षिणतिर म्याग्दी खोला छ, जुन जहाँतहीँ तर्न नसकिने, कतै–कतै खाख्लो (फिँजिएको) ठाउँमा जवान मान्छेले मात्र तर्न सक्ने नदी हो । खोलाको तीरमा चत्तादार जाली लगाइएको गाह्रो छ । त्यसको डिलमा मोटरबाटो छ । त्यसनजिकै ब्यारेक छ । पूर्वीतिर घनाखालको बेनी बजार र कालीगण्डकी छ । पश्चिमतिर मंगलबजार (पुनले मंगलबजार भने पनि उक्त ठाउँको नाम मंगलाघाट हो) र कर्मचारी आवसगृह पर्दछ । त्योभन्दा पश्चिममा पाखा र खोल्सा छन् ।’

उनले आक्रमणमा नेपाली सेना, जनपथ प्रहरीसहित ९३० जना रहेको उल्लेख गरेका छन् । त्यस्तै आफ्नो लडाकूहरू ४५ सयजना रहेको उल्लेख गरेका छन् । बेनी आक्रमणको योजना रुकुमको लुकुम (हाल पूर्वी रुकुम)को गाउँमा बुनिएको थियो । आक्रमण कसरी गर्ने भनी ‘स्यान्ड मोडल’ बाग्लुङ गल्कोट निवासी भारतीय सेनाका पूर्व क्याप्टेन पूर्णबहादुर रानाले गरेका थिए । बेनी आक्रमणमा फौजी कमान्ड पासाङ र राजनीतिक कमिसारका रूपमा हाल नेकपाका महासचिव रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेका थिए ।

साभार उजिर मगरउजिर मगर


Share:

Contact Us

Name

Email *

Message *

Copyright © www.gyanuroka.com.np | Design by:- Gyanu Roka |